विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा निजगढमा आन्दोलन चर्कदै

तराइ संचार
तराइ संचार 953 - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा निजगढमा आन्दोलन चर्कदै आएको छ । बाराको निजगढमा एक साता देखि चक्काजाम र प्रदर्शन हुदै आएको छ ।

निजगढ सरोकार समितिले वुधबार निकालेको र्‍यालिले निजगढको शहिद चोकबाट सुरु भई बकैयाहुदै भमरासम्म परिक्रमा गरि पुनः निजगढस्थित पूर्वपश्चिम लोकमार्गको शहिद चोकमा दिउसो १ बजेदेखि एक घण्टा चक्काजाम र धर्ना गरेको छ । हरेक दिन विरोधमा स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मञ्चको अगुवाईमा आन्दोलन हुदै आएपनि आज निजगढ सरोकार समितिले अगुवाई गरेको हो ।

माओवादी केन्द्र र काग्रेस लगायत सरकारमा रहेका दलहरुले अगुवाईको बारेमा राजनैतिक दल बाहेकबाट बाट स्वतन्त्र वा उद्योग वाणिज्य संघको अगुवाई हुनुपर्ने माग राखेपनि सहमति हुन नसक्दा एमालेले एक्लै निजगढ सरोकार समितिको नाममा संयोजक एक बहादुर श्रेष्ठलाई अगाडि सारेर आन्दोलन अघि बढाएको हो ।

सो प्रदर्शनको कोणसभालाई सम्बेधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य एंव पूर्वमन्त्री पुरुषोत्तम पौडेलले निजगढ अन्तर्राष्ट्रय विमानस्थल नबनाउने सर्वोच्च अदालतको निर्णय कार्यपालिकाको निर्णय बिरुद्ध देश र जनताको विपक्षमा रहेकोले शसक्त आन्दोलन गर्नुको विकल्प नभएको बताउनु भएको छ । सम्मानित अदालत भन्दैमा उसले जथाभावी गरेको निर्णय मान्नुपर्ने कुनै बाध्यता नरहेको उहाँले बताउनु भयो ।

आयोजना निर्माण गर्ने क्रममा सरकारले कुनै गल्ति र त्रुटी गरेको भए सच्याउन अदालतले आदेश दिन सक्ने भन्दै नेता पौडेलले तर आफ्नो कार्य क्षेत्रबाहिर गएर अदालतले पनि कुनै निर्णय गर्न नसक्ने बताउदै अदालतले विमानस्थल नै नबनाउ भन्न सक्दैन, उहाँले भन्नुभयो, यो फैसला शक्तिपृथकीकरणको सिद्धान्त विपरीत रहेको उनले बताए ।

उहाँले भारत सरकार नेपालमा अन्तर्राष्टिय विमानस्थल र फास्टट्याक निर्माणको विपक्षमा रहदै आएको र त्यहीअनुरुप अदालतको फैसला पनि आएको हुनसक्ने उहाँको आशंका छ ।

त्यसैगरी राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका पूर्व सदस्य विनोद भारतीले राष्ट्रघाति फैसलाविरुद्ध जनस्तरबाट प्रतिवाद गर्नुपर्ने बताए । उहाँले अदालतको फैसला जनविरोधी र विकास विरोधी भएको बताउनुभयो ।

यस्तै निजगढ सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले विमानस्थल निर्माण गराउन सबै पक्षसंग सल्लाहा र सहयोग लिएर निरन्तर विरोध प्रदर्शन, र्यालि, चक्काजाम अघि बढाउने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका कष्ण खरोलले सर्वोच्चको फैसला विकास विरोधी रहेको र आन्दोलनको विकल्प नभएको बताउनुभएको थियो ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार समितिले चक्काजाम र प्रर्दशन गरेका हुन ।

आन्दोलनको अगुवाई कसको नेतृत्वमा गर्ने भन्ने बिषयमा दलहरुबिच मतभेद

आन्दोलनको अगुवाई कसको नेतृत्वमा गर्ने भन्ने बिषयमा दलहरुबिच मतभेद देखिएको छ । नेपाली काग्रेस, माओवादी लगायतका पाच दलहरुले आन्दोलन स्वतन्त्र ब्यक्तीको अगुवाईमा सर्बदलिय सर्वपक्षिय समिति बनाएर जानुपर्ने अडान राखेपनि एमालेले आफना नेता एक बहादुर श्रेष्ठलाई आन्दोलनको सम्योजन गर्न पाउनु पर्ने बताएपछि सहमति हुन नसकेको हो । हाम्रो आन्दोलन गर्ने कुरामा सहमति छ तर कसको नेतृत्वमा गर्ने भन्नेमा विमति रहेको नेपाली काग्रेसका नगर सभापति नवराज तिमल्सिनाले बताए । कार्यकर्तालाई नजान भन्दैनौ तर एमाले एक्लै अघि बढे हामी दबाबको कार्यलाई फरक ढङले अघि बढाउछौ उनले बताए । यस अघि आन्दोलन शसक्त बनाउन समिति बनाउने कुरामा दलहरुबिच सहमति हुन नसकेको हो । काग्रेसले उद्योग बाणिज्य संघको नेतृत्वमा आन्दोलन अघि बढाउने कुरा राखेपनि एमाले नेता एक बहादुर श्रेष्ठको नेतृत्वमा आन्दोलन बढाएर जस लिन थालेपछि कसले नेतृत्व लिने भन्ने होडले आन्दोलन शसक्त हुन सकेको छैन । नेपाली काग्रेसका नगरसभापति तिमल्सिनाले प्रदेश सरकार र केन्द्रमा गएर दबाब बनाउने विमानस्थल बनाउने स्थानीय निकायको छलफल गर्दै आन्दोलन गर्ने तयारीमा रहेको उनले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content