पोखरीमा डुबी एकैदिनमा दुई मानिसको मृत्यु

तराइ संचार
तराइ संचार 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ ।बारामा एकैदिन पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । कोल्हबी न.पा. ११ बेलवा बस्ने बर्ष ५२ को बिरनाथ चौधरी घर देखी ५०० मि पश्चिम पट्टी रहेको आफ्नै पोखरीमा बुधबार डुबी मृत्यु भएका हुन । घास काट्न जान्छु भनी हिडेका चौधरी अबेर सम्म पनी घर नआए पछी खोज्दै जाने क्रममा लास पोखरीमा फेला परेको र आवश्यक जाचबुझ र अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै बारा कलैया १६ मझौलिया टोल बस्ने मजबुलाह अंसारीको छोरा ९ बर्षिय यस्तफा अंसारी आफनौ गाउको पोखरीमा पौडी खेल्ने क्रममा डुबि मृत्यु भएको हो ।
४–५ जना बच्चाहरु संग गाउँमै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबि घाईते भएकोमा उपचारको लागि प्रादेशिक अस्पताल कलैया ल्याएकोमा साझ मृत्यु भएको हो ।

शेयर
प्रतिक्रिया
Skip to content