कोल्हवी । प्रदेश सभा सदस्य एवम मधेश प्रदेशका पुर्व आन्तरिकमामला तथा कानुनमन्त्री मन्त्री ज्ञानेन्द्र कुमार यादबले उत्पादनमुखी कार्यमा सबैको ध्यान जानु पर्ने बताउनु भएको छ । उहाँले बाराको कोल्हवीमा बलुवा माछा उत्पादक कृषक समूहसगको छलफल तथा अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री समेत रहेका प्रदेश सधा सदस्य यादबले सो कुरा बताउनु भएको हो ।
ग्रामिण उद्यम तथा विप्रेषण आयोजना समृदीको सहकार्यमा बलुवा माछा उत्पादक कृषक समूहका अध्यक्ष जयमाला चौधरीको अध्यक्षतामा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा प्रदेश सभाका सभासद बच्चा प्रसाद यादबले कृषकका समस्या मल बिउ र सिचाईको प्रबन्ध गर्नुपर्ने बताउनु भयो । सिचाईका लागि खोला नाला सुक्दै गएकोले चिन्ताको बिषय भएको उनले बताए । कार्यक्रममा मधेश प्रदेशको कृषी तथा भुमी ब्यबस्थापन समितिका प्रदेश सभासदहरु चमेली दास, गौरीनारायण शाह जगतारण देवी लगायतको उपस्थिति रहेको थियो ।
ग्रामिण उद्यम तथा विप्रेषण आयोजना समृदीका शालिकराम दहाल, जनकपुर करिडोर कार्यालयका करिडोर संम्योजक मोती गिरी लगायतले हरेक घरमा समृद्धी ल्याउन सबै परिवारको भुमिका हुनुपर्ने बताए ।
कार्यक्रममा माछापालन समुहका सहभागी महिलाहरुले पारिवारिकरुपमा सबै सदस्यको काम कर्तब्य र अधिकार सहितको योजना बनाएर काम गर्दा प्रगती र समृद्धी भएको बताएका थिए ।