कलैया । बाराको कलैयामा करेन्ट लागि एकको मृत्यु भएको छ । बिहीबार साझ कलैया २३ बैराथपुर टोल बस्ने रामबिनय साहको श्रीमती ३५ बर्षिय प्रभा देविले आफ्नो घरको आङ्गनमा रहेको कलमा जडान गरिएको पानी तान्ने मोटरमा पानी लिन खोज्दा उक्त मोटरमा करेन्ट सर्ट भई करेन्ट लागि घाईते भई उपचारको लागि तराई अस्पताल बिरगंज तर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।