अदालतको आदेश बिदेशीहरुको हरियो डलर र रातो भारतीय आईसीको गन्थ आएको छ – नगरप्रमुख पुरी

तराइ संचार
तराइ संचार 1.1k - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले अदालतको आदेशमा बिदेशीहरुको हरियो डलर र रातो भारतीय आईसीको गन्थ आएको आरोप लगाउनु भएको छ ।

 

मानव साङ्गलो प्रर्दशनपछि सोमबार शहिद चोकमा आयोजित कोण सभामा बोल्दै नगरप्रमुख पुरीले सो कुरा बताउनु भएको हो । स्थानीयले बिकास निर्माणका लागि भएको आन्दोलनमा निजगढ नगरपालिकाको ऐक्यबद्धता रहेको समेत उहाँले बताउनु भयो ।

सर्वोच्चले गरेको असंवैधानिक फैसलाको विरोधमा जनता सडकमा आएकोमा जनतालाई साथ र समर्थन गर्न हामी ऐक्यबद्धता जनाउदछौ उनले बताए । अदालतले कुन ठाउँमा विकास गर्ने वा नगर्ने भन्ने बारेमा फैसला गर्न नमिल्ने भन्दै उहाँले नेपाली जनताको अपेक्षा विपरीत अदालतको फैसला आएको बताउनु भयोे ।

उहाँले आफू जनताबाट चुनिएर आएको र जनताको आन्दोलनमा सहभागी हुन कुनै समस्या नभएको पनि बताउनुभयो । नगर प्रमुख पुरीले आफूले पदभार ग्रहण गरेको दिनदेखि नै विमानस्थल निर्माण नगर्न सर्वोच्चले गरेको आदेशको विरोधमा आवाज उठाउदै आएको समेत बताउनु भयो ।

नगर प्रमुख पुरीले भन्नुभयो, विमानस्थल निर्माण गर्न आफूहरु सबैखालको सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।

सभामा बोल्दै राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका पूर्व सदस्य विनोद भारतीले विमानस्थल निर्माण नगर्ने सर्वोच्चको आदेशको बारेमा सरकारको स्पष्ट धारणा राख्नु पर्ने बताउनु भयो । सरकार मौन बसेको खण्डमा जनता अदालतसंगै सरकारको विरोधमा पनि उत्रिन बाध्य हुने चेतावनी उनले दिए ।

संसदबाट विषेश प्रस्ताव पास गरेर भएपनि विमानस्थल निर्माण गरिनुपर्छ– गौतम

सामाजिक अभियन्ता पुण्य गौतमले संसदबाट विषेश प्रस्ताव पास गरेर भएपनि विमानस्थल निर्माण गरिनुपर्ने बताउनु भएको छ । देशको संवृद्धिको लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको बताउदै गौतमले निजगढ विमानस्थल निर्माण अदालतको बिजनेशनै नभएको बताउनु भएको छ । कथित बातावरणविदको नाममा भारतीय सिता खाएर उतैको गिता जप्नेहरु राष्ट्रघाती अपराधी भएको समेत बताए ।

उनले निजगढबाट काठमाण्डौ जोडने छोटो दुरीको फास्टट्याक पनि बन्न नदिने खेल सुरु भएको बताउनुभयो । ‘विमानस्थल निर्माण हुन नदिने तत्व सफल भयो भने फास्टट्याक पनि बन्न दिदैनन, उहाँले भन्नुभयो,

आन्दोलनका थप कार्यक्रम सार्वजनिक

यसैबीच अदालतको फैसला विरुद्ध डेढ सातादेखि आन्दोलनमा रहेको सरोकार समितिले मंगलवारबाट निजगढस्थित राजमार्गमा रिले अनशन सुरु गर्ने भएको छ । सोमवार निजगढमा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै संयोजक एकबहादुर श्रेष्ठले सो कुराको जानकारी दिनुभएको हो ।
उहाँले राजमार्गमा शुरुकै झै चक्काजाम दुई घण्टा निरन्तर जारी रहेको र प्रधानमन्त्री लगायत सबै दलका नेताहरुलाई ज्ञापनपत्र केही दिन भित्रै बुझाउने समेत जनाएका थिए ।


सर्वोच्च अदालतले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न रोक लगाएको विरोधमा निजगढमा आन्दोलन चर्कदै गएको छ । सोमबार शहिद चोकमा निजगढका विभिन्न बिद्यालयका विद्यार्थि सामुदायिक वन तथा संघ संस्थाहरुले आन्दोलनमा ऐक्यवद्धता जनाउदै मानव साङ्गलो प्रर्दशन गरेका छन ।

सरोकार समितिको आह्वानमा निजगढस्थित पूर्वपश्चिम राजमार्गमा करिब एक किलोमिटरको स्थानीयले मानव साङ्गलो प्रर्दशन गरेका हुन । राजमार्गको बुद्ध चोकदेखि निजगढ नगरपालिका कार्यालय जाने सडकको किनारामा उभिएर कार्यक्रममा युवा, विद्यार्थी र सर्वसाधारणसहित हजारौंको सहभागिता रहेको थियो ।


सर्वोच्च अदालतले गत १२ गते गरेको निर्माणाधिन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने आदेशको विरुद्ध हिजो बाराको बडहर्वामा पनि मशाल जुलुस सहित जनप्रदर्शन भएको थियो । आइतबार साँझ जितपुरसिमरा उपमहानगरपालिका १८ को बडहर्वा चोकमा मसाल जुलुस सहित जनप्रर्दशन गरिएको हो । स्थानिय मौवादेवी यूवा क्लबको अगुवाईमा भएको कार्यक्रममा सहभागिहरुले अदालतको कदम विरुद्ध नाराबाजी गर्दै मशाल जुलुस प्रदर्शन गरेका थिए । मशालजुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो । सहभागिले अन्तराष्टिय विमानस्थल बन्नपर्छ । मधेश विरोधी हर्कत मुर्दावाद । विकास विरोधी होशियार लगायत नारा लगाएका थिए । अदालतको फैसलापछि निजगढ, सिमरा, कलैया, कोल्हबी लगायतका जिल्लाका मुख्य स्थानहरुमा निरन्तर आन्दोलन भैरहेको छ ।

शेयर
प्रतिक्रिया
Skip to content