नेकपा सचिवालय बैठक स्थगित

तराइ संचार
तराइ संचार 454 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका सल्लाहकारसहित ठूलो संख्याका सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि बैठक स्थगित गरिएको एक सचिवालय सदस्यले जानकारी दिए। उनका अनुसार हाल प्रधानमन्त्री ओली क्वारेन्टिनमा बसेका छन् । ‘प्रधानमन्त्री नै क्वारेन्टिनमा बसेपछि ततकाल सचिवालय बैठक सम्भव नभएको हो,’ उनले भने ।
अर्को बैठकको मिति तोकिएको छैन । पछिल्लो समय सरकारले गरेको राजनीतिक नियुक्तबारे पार्टीमा प्रश्न उठेपछि बैठक बोलाइएको थियो । यस अघि बैठक सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबारलाई तय भएको थियो । शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार अपराह्न ४ बजे बैठक बोलाउने समझदारी भएको थियो । प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटा जुगलले त्यही जानकारी दिएका थिए तर, महासचिव विष्णु पौडेलले औपचारिक जानकारी नगराएको र बैठक आह्वान पनि नभएको ओली पक्षले बताएको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content