काठमाण्डौ । निजगढमा निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय विमानस्थल आफनै पालामा निर्माण गर्ने नेपाली काग्रेसका सभापति एवम प्रधानमन्त्री शेर बहादुर देउवाले बताउनु भएको छ ।
सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै केही ठाँउ यता उता परिवर्तन गरी कम क्षति हुनेगरी केही समयमै निर्माण प्रकृया अघि बढाउनेमा आफु रहेको प्रधानमन्त्री देउवाले बताउनु भएको हो ।
खानेपानी मन्त्री उमाकान्त चौधरी नेतृत्वको टोली र निजगढ सरोकार समितिले प्रधानमन्त्री देउवालाई छुट्टाछुट्टै ध्यानाकर्षण ज्ञापन गर्न गएको टोलीसग यस्तो बताउनु भएको हो । मन्त्री चौधरी नेतृत्वको टोलीले शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवालाई ज्ञापनपत्र पेश गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन आग्रह गरेको हो भने निजगढ सरोकार समिति र स्वतन्त्र युवा विद्यार्थि समुहले पनि शनिवार साझ ज्ञापन पत्र बुझाएको हो ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन माग गर्दै आन्दोलन गर्न नेतृत्व कसले लिने भन्नेमा नेपाली काग्रेस, एमाले र माओवादी केन्द्रबिच विवाद भएका कारण दुई समुहमा विभाजित भएपनि दुवैको माग भने एकै बिमानस्थल बनाउन माग गरेका हुन ।
भेटमा प्रधानमन्त्री देउवाले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आगामी आर्थिक वर्षको लागि सरकारले बजेट विनियोजन गरेको जनाउनु हुदै कानुनी वाधा अड्चन फुकाउदै विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने जनाउनु भएको छ ।
ध्यानाकर्षण गराउने क्रममा निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि उच्च राजनैतिक नेतृत्वको तर्फबाट सकारात्मक प्रतिक्रिया पाएको टोलिमा सहभागी निजगढका पुर्व मेयर सुरेश कुमार खनालले बताउनु भयो ।
मन्त्री चौधरी नेतृत्वको टोलीमा निजगढका पुर्व मेयर खनाल सहित चुरे संरक्षण तथा पर्यटन प्रवद्र्धनका अध्यक्ष युवराज लामा,नेपाल तेक्वान्दो संघ मधेशका अध्यक्ष पेमासिद्धि लामा, नेपाली कांग्रेसकि नेत्री माला लामा, नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटि सदस्य रविराज दंगाल, नेपाली कांग्रेस बारा क्षेत्र नम्बर १ क का सभापति टेक बहादुर लामा, नेपाली कांग्रेस निजगढका सभापति नवराज तिमल्सिना, नेकपा माओवादी केन्द्र निजगढका अध्यक्ष सन्तोष दंगाल लगायतको सहभागिता रहेको थियो ।
बाराको निजगढमा दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्न माग गर्दै बारा निजगढ सरोकार समिति र स्वतन्त्र युवा समुहका संम्योजक एक बहादुर श्रेष्ठको नेतृत्वमा काठमाण्डौ आएका हुन ।
सर्वोच्च अदालतको फैसलाका कारण निजगढमा विमानस्थल निमार्ण नहुने आशंका व्यक्त गर्दै काठमाण्डौ डेलिगेशनका लागि आएका टोलीमा उपसम्योजक पदम बहादुर भण्डारी, युवा विद्यार्थी स्वतन्त्र सरोकार समिति संयोजक जयराम कुवर, कोल्हबी सार्वाजनिक सरोकार समिति संयोजक ढुण्डिराज उप्रेती, पुर्व मन्त्री तथा एमाले नेता पुरुषोतम पौडेल, एमाले नेता अच्युत मैनाली, कृष्ण प्रसाद खरेल, राप्रपाका निजगढ नगर अध्यक्ष खड्ग प्रसाद उप्रेती, नेकपा एसका निजगढ नगर अध्यक्ष भिमसेन प्रसाद सापकोटा, लोसपाका निजगढ नगर अध्यक्ष मोजहर मन्सुर, निजगढ नगरपालिकाको निवर्तमान उपप्रमुख लिला देवी लामीछाने खनाल, यम बहादुर खड्का, अम्बिका चौलागाई, निर्मल बजगाई, धनश्याम तिमल्सिना, गोपाल लम्साल , पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष गुरुप्रसाद गौतम, पत्रकार महासंघ बाराका कार्य समिति सदस्य ईन्दिप कोईराला, उमेश सुनार, प्रल्हाद तिमल्सिना, गेस कुमार श्रेष्ठ लगाएतको सहभागीता रहेका थियो ।