मधेश प्रदेशमै एकमात्र उपप्रमुख महिला प्रजनन स्वास्थ्य कार्यक्रममा महिलाहरुको आकर्षण बढ्दो

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.4k - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा हरेक महिनाको पहिलो आइतबार हुदै आएको उपप्रमुख महिला प्रजनन स्वास्थ्य कार्यक्रममा महिलाहरुको आकर्षण बढ्दै गएको छ ।

निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा नियमितरूपमा संचालन हुँदै आएको उपप्रमुख महिला प्रजनन स्वास्थ्य कार्यक्रम अन्र्तगत हुदै आएको एकिकृत प्रजनन स्वास्थ्य सेवा क्लिनिकमा महिलाहरुले आफना समस्या खुलेर महिला डाक्टरसग राख्न पाउने भएपछि क्लिनिकमा महिलाहरुको आकर्षण बढदै गएको हो ।

नारायणीअस्पताल, वीरगञ्जका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. मन्जु रायद्वारा निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा हुदै आएको क्लिनिक अन्र्तगत आईतबार मात्र ६१ जना महिलाहरुले निःशुल्क परिक्षण र उपचार गराएका छन । जुन गत महिनाहरुको भन्दा बढी हो । गत महिनाहरुमा बढीमा ५० जना सम्म महिलाहरुले परिक्षण र उपचार गराउदै आएका थिए ।

आईतबार सम्पन्न क्लिनिकमा महिलाहरुको भिआईए परिक्षण २९ जना, आङ खसेका महिलाहरुको रिङ पेसरी लगाउने कार्य ४ जना र महिलाहरुको प्रजनन लगायत अन्य समस्याहरुको २८ जना गरी कुल ६१ जना महिलाहरुको निःशुल्क परिक्षणका साथै उपचार भएको निजगढ नगरपालिका स्वास्थ्य शाखाकी सिअनमी रामप्यारी तिमल्सिनाले बताउनु भयो ।

१० वर्ष वा सो भन्दा माथि उमेर समूहका सम्पूर्ण महिलाहरुको शिविरमा नियमित पाठेघर परिक्षण, पाठेघरको मुखको क्यान्सर जाँच, भिआईए परिक्षण, पाठेघर आङ खसेका महिलाहरुको रिङ पेसरी लगाउने, स्तन क्यान्सर वाझोपन , महिनावारी गडबडी, यौन सम्बन्धि रोगहरु र महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धि सम्पुर्ण समस्याको परिक्षण र उपचार हुदै आएको तिमल्सिनाले बताईन ।

उनका अनुसार यस आ.व. मा मात्र करिब ६५० भन्दा बढी महिलाले प्रत्यक्ष परिक्षण र उपचार गराएका छन । महिला डाक्टर हुनु र स्थानीयस्तरमै उपचार र परिक्षण हुदा महिलाहरुले आफना समस्या खुलेर राख्न पाएका कारण पनि बिरामीहरुको चाप बढदै गएको उनले बताईन ।

गाँउघरमा महिलाहरुले आफनो प्रजनन, महिनावारी, यौन , पाठेघर लगायतका धेरै समस्या हुने गरेका भइपनि लुकाउने र उपचारमा नआउने गरेका थिए । यो क्लिनिक पश्चात महिलाहरु उपचारमा आउन थालेको निजगढ नगरपालिकाकी पुर्व उपप्रमुख लिलादेवी लामिछानेले बताउनु भयो ।

मधेश प्रदेशमै महिलाहरुको समस्यामा यसरी कही पनि निशुल्क उपचार र परिक्षण नभए पनि निजगढमा शुरु भएर कार्यक्रम लोकप्रिय हुदा आफुलाई खुशी लागेको उनले बताईन । महिला डाक्टर र नर्सहरुबाट मात्र उपचार र परिक्षण हुने हुदा महिलाहरुलाई खुलेर आफनो समस्या राख्न सहज भएका कारण पनि क्लिनिक प्रति आकर्षण बढ्दै गएको लामिछानेले बताउनु भयो ।

गाँउघरमै महिलाहरुको आफनो विभिन्न समस्या परिक्षण र उपचारले धेरै ठुलो राहत मिलेको निजगढ ५ की सिता गौतमले बताईन । म लगायत धेरै महिला जटिल समस्या हुदा सम्म परिक्षण नहुदा ठुलो समस्यामा पर्ने गरेको बताउदै गाउमै उपलब्ध महिला डाक्टर र क्लिनिकले ठुलो राहत मिलेको उनले बताईन । आफुलाई लागेको सामान्य समस्या पनि ठुलो हुने र धेरैको पाठेघरको क्यान्सर देखिने गरेकोले यो क्लिनिक धेरैनै लाभदायी बनेको बताउदै निजगढ नगरपालिकालाई उनले धन्यवाद समेत दिईन ।

शेयर
प्रतिक्रिया
Skip to content