मधेश प्रदेशका २० पत्रकारहरुलाई एकैपटक सम्मानित गर्दै मधेश प्रदेश मिडिया अवार्डस २०७९

तराइ संचार
तराइ संचार 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । नेपाल ईन्स्टिच्युट अफ मास कम्युनिकेशन प्राली कलैया, बाराले मधेश प्रदेशका २० पत्रकारहरुलाई सम्मानित गर्दै पहिलो पल्ट मधेश प्रदेश मिडिया अवार्डस २०७९ को आयोजना गर्ने जनाएको छ । प्रा.लीका अध्यक्ष आनन्द शर्माले पत्रकार सम्मेलन गरि यस्तो जनाएका हुन । बारा सदरमुकाम कलैयामा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष शर्माले यहि असार २५ गते कलैयाको करण राज प्यालेसमा अवार्डस हुने बताएका छन । कार्यक्रम मधेश प्रदेश सरकारका मुख्य मन्त्री महमद लालबाबु राउत गद्दीको प्रमुख आतिथ्यतामा हुने उनले जनाएका छन । शर्माले सो कार्यक्रमको ५ वटा टेलिभिजन र १० वटा रेडियोबाट प्रत्यक्ष प्रसारण समेत गरिने जनाएका छन ।
अनुमानित १२ लाख लागत सो अवार्डसमा विभिन्न २० बिधामा उत्कृष्ट सन्चारकर्मिलाई सम्मानित गरिने आयोजकले जनाएको छ। कार्यक्रममा पत्रकार महासंघ बाराका प्र्व अध्यक्ष गुरुप्रसाद गौतम, महासंघ बाराका सचिब अनिल गौरव, मधेस प्रदेश पत्रकार महासंघका पुर्व सदस्य सिकेन्द्र पासवान, प्रेस युनियन बाराका सचिब साजिर मंन्सुर लगायतको उपस्थिति रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content