कोल्भी । देशको आर्थिक मेरुदण्ड भनेकै दोश्रो निजगढ अन्तरास्ट्रिय विमानस्थल विमान बन्नु पर्छ नेपाल सरकारका खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरीले बताउनु भएको छ ।
आधुनिक कृषि पर्यटन र औधोगिक ग्रामको स्थापना समुन्नत कोल्हबी हाम्रो चाहना भन्ने नाराका साथ शुरु भएको कोल्हबी नगरपालिकाको आठौ नगर सभालाई सम्बोधन गर्दै मन्त्री चौधरीले सो कुरा बताएका हुन ।
दोश्रो निजगढ अन्तरास्ट्रिय विमानस्थल बन्छ जसरी पनि बन्नुपर्छ भन्दै देशको समृदी र विकासको लागि बन्नु पर्ने कुरामा जोड दिनु भयो । अदालतका सम्माननीय न्यायधिशहरुले दिएको आदेश दुर्भाग्यपुर्ण रहेको बताउदै पुर्णपाठमा सुधारिएर आउने बिश्वास गर्नु भयो ।
दोश्रो निजगढ अन्तरास्ट्रिय विमानस्थल नबनाउने आदेश भएपछि सबैभन्दा पहिले आफुले संसदमा कुरा उठाएको र देशका सबै पार्टीका नेता र मन्त्री प्रधानमन्त्रीहरुसग विमानस्थल जसरी पनि बन्नु पर्छ भन्दै ज्ञापनपत्र दिएको उनले बताए । जङ्गल भनेकै किसानको प्राण हो भन्दै जङ्गल जोगाउदै काटिएको बिरुवाको सट्टा अरु बिरुवा रोप्नु पर्ने तर कुनै पनी हालतमा बिमान्स्थल रोक्न नमिल्ने उनले बताएका छन ।
कोल्हबीको खानेपानी समस्या चाडै समाधान गर्न आफु लागि परेको चौधरीले बताएका छन् । सभालाई प्रमुख अतिथी चौधरीले उद्धघाटन गर्दै मेलम्चीको पानी ल्याएर काठमाण्डौवासीलाई पानी खुवाउन थालेको भएपनि आफनो गाँउ कोल्हबीमा हुदै आएको खानेपानी समस्या चाडै समाधान गर्ने बताउनु भयो ।
चौधरीले कोल्हबी नगरपालिकाको समुचित बिकासका लागि सबै जनप्रतिनिधिको हातेमालो गर्न जरुरी रहेको बताउदै कोल्हबीको बिकासका लागि चाहिने आवश्यक सहयोग गर्न संघ सरकार तयार रहेको बताउनु भयो ।
संघ सरकार बिकासका लागि सहकार्य गर्न तयार रहेको भएपनि प्रदेश सरकारबाट सहकार्य र प्रगती विवरण रिपोर्टिङ हुने नगरेको बताउनु भयो । जसका कारण तीनै सरकारले लगानी एकै ठाउमा हुने गरेको समेत बताएका छन । मन्त्री चौधरीले लोकतन्त्रमा जनता मालिक र जनता नै जनार्दन हुने भएकाले सेवा गर्न आएका जनप्रतिनिधिले जनताको सेवा गर्नुपर्ने बताएका छन । मन्त्री चौधरीले कस्तो नीति कार्यक्रम बनाउने बिषयमा सबैको ध्यानाकर्षण हुनु स्वभाविक भएकोले जन भावना अनुसारको योजना र कार्यक्रम ल्याउन सुझाव दिए ।
मन्त्री चौधरीले मधेश र बिशेष गरी हाम्रो कोल्हबी कृषी बाहुल्य क्षेत्र भएकाले यहाँका किसान मैत्री नीति कार्यक्रम बनाउन जोड दिए । यहाका किसानले बर्षमा तीन चार बाली उब्जाएर देशको पेट भर्नमा मद्धत गरेको बताउदै राज्यले समेत यसको बिकासमा योगदान दिनुपर्ने कुरामा जोड दिए । यहाका जमुनी, सपही लगायतका सिचाईको समेत कार्य आफुले शुरुवात गरेको र तामागढी सिम्रौनगढ बाटो तथा अस्पतालको विकास र विस्तारमा समेत काम गरेको उनले बताए ।
तराई मधेस स्यालो ट्युबेल कार्यक्रम मार्फत प्रत्येक वडामा बजेट छुट्याएको मन्त्री चौधरीले बताएका छन ।
कार्यक्रममा प्रदेश सभा सदस्य त्रीलोकी चौधरी, उप मेयर लक्ष्मी चौधरी, सम्पुर्ण वडा अध्यक्ष, नगर सभा सदस्यहरु, प्रमुख प्रसासकिय अधिकृत महमद साबिर, सम्पुर्ण राजनितिक दलका प्रतिनिधि तथा सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
उद्धघाटन समारोहका अध्यक्ष नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीले सबैले दिएको सल्लाहलाई आत्मसाथ गर्दै काम गर्ने बताएका छन । उनले कोल्भी नगरपालिकालाई अघिल्लो जनप्रतिनिधिहरुले झण्डै १३ करोड नोक्सान बनाएको र नगरपालिकालाई लथालिङ बनाएकोले सही बाटोमा ल्याउने बताए ।
प्रमुख प्रशासकीय अधिकृत महम्मद साबिरले स्वागत गरेको कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख अजय उप्रेतिले गरेका थिए ।
‘समृद्ध नगर खुशी नगरवासी’ ०७९÷०८० निति तथा कार्यक्रमको मुल लक्ष्य लिदै योजनावद्ध र प्राथमिकताका आधारमा विकासको बाटोमा अघि बढने नगरसभामा नगरप्रमुख राम प्रसाद चौधरीले बताए । जनप्रतिनिधि मालिक नभई सेवक भएर काम गर्ने बताउदै नगरप्रमुख चौधरीले निशुल्क लोकसेवा कक्षा सञ्चालन, दलित आवास कार्यक्रम अनुसार हरेक वडामा पाँच पाँच वटा घर बनाउने । दीर्घरोगीहरुलाई पाँच हजार उपलब्ध गराउने , नगर भवन निर्माण, बिधुतिकरण सबै ठाउमा, प्रति वडा १० दलित घरपरिवारको स्वास्थ्य विमा, कक्षा १०सम्मको शिक्षा निशुःक, सरकारी क्याम्पसमा अध्ययन गर्नेलाई ५० प्रतिशत लाग्ने शुल्कमा अनुदान, किसानको कृषी मिटरमा ५० प्रतिशत बिधुत अनुदान लगायतका निति तथा कार्यक्रमको बिशेषता रहेको छ ।