चार घण्टा बितेपनि अझै शुरु भएन जीतपुरसिमराको नगर परिषद

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 993 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

टकरावमा उपमहानगरपालिका बहुमत र अल्पमतको खेल

सिमरा । बाराको औधोगिक नगरीकोरुपमा रहेको जीतपुरसिमरा उपमहानगरपालिकामा बहुमत र अल्पमतको खेल शुरु भएको छ । आज ११ बजेलाई बोलाईएको नगरसभा २ बज्दा सम्म शुरु भएको छैन । नेकपा एमाले लगायतका वडाअध्यक्षहरुले नगरसभा अघिनै वडाको सिलिङ छुट्टाउन माग गरेका कारण नगरसभा शुरु हुन सकेको छैन । यो नभए एमालेले बहिस्कार गर्ने भएका छन ।

नगरप्रमुखसग सबै पाटीका एक एक जना बस्ने भनेपनि एमालेका धेरैसाथीहरु होहल्ला गर्दै बार्तामा बसेका कारण आफुहरु बार्तामा नबसी बाहिर बसेको नेपाली काग्रेसका १ नं. वडाका वडाअध्यक्ष हिरा बहादुर गुरुङले बताउनु भयो ।

निति तथा कार्यक्रम , वडागत वजेट लगायत नगरपरिषदमा लैजाने बिषय कार्यपालिकामा छलफल र निर्णय नभई नगरसभामा जान नहुने भन्दै पहिले कार्यपालिकाबाट निर्णय भएपछि मात्र नगरसभा गर्न दिने अन्यथा नगरसभानै हुन नदिने रणनिति एमालेले बनाएको छ ।

नेकपा एमालेको जीतपुरसिमरामा एकल बहुमत रहेका कारण उनीहरुले नगरप्रमुख राजन पौडेललाई असफल पार्न कार्यपालिकामा सहमति नगर्ने, हुन नदिने र नगरपरिषद पनि हुन नदिने रणनिती अख्तियारी गरेको माओवादी निकट नेताहरुले बताएका छन । शुरुमा नगर सभामा उपस्थित नहुने अडान लिएको एमालेले पछि उपस्थिति भएर कुरा राख्ने तर आफना माग पुरा नभएसम्म नगरसभा हुन नदिने रणनिति बनाएका छन् । आजका लागि सुचना जारी गरी ११ बजेका लागि तोकिएको उपमहानगरको नगरसभा एक बजेसम्म एमालेका जनप्रतिनिधि उपस्थिति नहुदा शुरु भएको छैन ।

सरकारको तोकिएको समय सिमा आज असार १० गते सबै पालिकाले बजेट निति तथा कार्यक्रम ल्याउनु पर्ने अन्यथा सरकारले पालिकाको बजेट कम गर्ने रोक्ने लगायत दैनिक कार्य समेत प्रभावित हुने प्राबधान छ ।

एमालेका जनप्रतिनिधि उपस्थिती नभए नगरसभामा बहुमत नपुगेका कारण नगरसभा स्थगित गर्नुपर्ने अबस्था नगरप्रमुख पौडेललाई पर्नेछ । यस्तो अबस्थामा करिब एक हप्ता पछि भने २५ प्रतिशत भए नगरसभा सञ्चालन हुने कानुनी ब्यबस्था जीतपुरसिमरा उपमहानगरपालिकाको राजपत्रमा भएकोले नगरसभाले निकास पाउने देखिन्छ । त्यसो हुदा पनि बहुमत रहेको एमालेलाई टकराबमा लगेर शुरुकै नगरसभामा बहुमत र अल्पमतको खेल भन्दा मिलेर सबै दलहरु एक कदम पछि हटी नगरमा समयमै बजेट ल्याउन र नगरको विकासमा लाग्नु पर्ने स्थानीयहरुको माग छ ।

 

के छ त जीतपुरसिमरा उपमहानगरको नगरसभामा बहुमत नहुने अबस्थामा राजपत्रमा

जीतपुरसिमरा उपमहानगरको २०७५ । ०४।०१ गते प्रकाशित नगरसभा सञ्चालन नियमावली २०७५ को राजपत्रको दफा ५ मा नगरसभामा गणपुरक सङख्याका बारेमा भएको ब्यबस्था अनुसार गणपुरक सङख्या नपुगेमा अध्यक्षले तीनदिनभित्र अर्को बैठकका लागि आव्हान गर्नु पर्ने हुन्छ । तीन दिन भित्रपनि गणपुरक सङख्या नपुेको खण्डमा पुनः दुई दिन भित्र अको नगरसभा बोलाउनु पर्नेछ । त्यस पछि पनि गणपुरक सङख्या नपुगेको खण्डमा २५ प्रतिशत सदस्यको उपस्थितिमा नगर सभा बस्नेछ ।

शेयर
प्रतिक्रिया
Skip to content