एमालेका जनप्रतिनिधिहरुको बिरोधका कारण जीतपुरसिमराको छैठौं नगरसभा पुनः स्थगित

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 506 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । नेकपा एमालेका जनप्रतिनिधिहरुको बिरोधका कारण बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको छैठौं नगरसभा पुनः स्थगित भएको छ । बकुलिया क्याम्पसको सभाहलमा सोमबार आयोजना गरिएको सभा विषय प्रवेश नगरी दोस्रो पटक स्थगित भएको हो ।

दलीय प्रतिनिधित्व हुने गरी वडाध्यक्षसहित प्रमुख र उपप्रमुखसँग बसेको बैठकमा छलफल गरेर नै आजको नगरसभा स्थगित गर्ने निर्णय गरेको थियो । तर सहमति अनुरूप अर्को मिति तोकेर नगरसभा गरिनु पर्ने भएता पनि नगरसभा राष्ट्रिय गान बजार सुरु भएलगत्तै नगर प्रमुख राजन पौडेलले गणपूरक संख्या नपुगेको भन्दै सभा स्थगित भएको घोषणा गरे। नीति तथा कार्यक्रम र वडा सिलिङको विषयमा एमालेले कार्यपालिकामा सहमति जुटेपछि मात्र नगरसभा गर्न दिने अन्यथा नगरप्रमुखलाई नगरसभा गर्नबाट रोक्ने कार्यले नगरसभा पुन स्थगीत भएको हो । यसअघि १० गते बसेको बैठक समेत सुरु नै नभई स्थगित भएको थियो ।

कार्यपालिका बैठकमा छलफलनै नगरी नगरसभा गर्न लागेको भन्दै एमालेले बिरोध गरेको हो । बिहान १० बजेबाट वडाध्यक्ष र कार्यपालिका सदस्यको मागका विषयमा छलफल भएको भएपनि सहमति नभएपछि नगरप्रमुख पौडेलले स्थगित भएका सुचना जारी गरेको नगरप्रमुख निकट जनप्रतिनिधिले बताए । नगरसभा सञ्चालन नियमावलीको प्रावधान अनुसार चौथो बैठकमा २५ प्रतिशत पुराउने उद्धेश्यले दोस्रो पटक समेत नगरसभामा गणपूरक नपुगेको भन्दै स्थगित गरेको एमालेले बताएको छ । उपमहानगरपालिकाले ल्याउन नीति तथा कार्यक्रम सबै क्षेत्रलाई सम्बोधन गर्ने गरी आउनुपर्ने भएका कारण छलफल हुनुपर्ने एमाले समर्थित जनप्रतिनिधीहरुको माग छ ।

के छ त जीतपुरसिमरा उपमहानगरको नगरसभामा बहुमत नहुने अबस्थामा राजपत्रमा

जीतपुरसिमरा उपमहानगरको २०७५ । ०४।०१ गते प्रकाशित नगरसभा सञ्चालन नियमावली २०७५ को राजपत्रको दफा ५ मा नगरसभामा गणपुरक सङख्याका बारेमा भएको ब्यबस्था अनुसार गणपुरक सङख्या नपुगेमा अध्यक्षले तीनदिनभित्र अर्को बैठकका लागि आव्हान गर्नु पर्ने हुन्छ । तीन दिन भित्रपनि गणपुरक सङख्या नपुेको खण्डमा पुनः दुई दिन भित्र अको नगरसभा बोलाउनु पर्नेछ । त्यस पछि पनि गणपुरक सङख्या नपुगेको खण्डमा २५ प्रतिशत सदस्यको उपस्थितिमा नगर सभा बस्नेछ ।

शेयर
प्रतिक्रिया
Skip to content