बारामा बोक्सीको आरोपमा आफन्तबाटै महिलामाथि कुटपिट

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.4k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कलैया । बाराको पचरौता नगरपालिका वडा नम्बर ५ बेल्दारीमा आफनै काका पर्ने आफन्तबाट एक महिलामाथि बोक्सीको आरोप लगाएर कुटपिट भएको छ । महिलामाथि अनेक हिंसा मध्ये एक बोक्सीको आरोपमा कुटपिट पुरानो चलन भएपनि बोक्स्किो आरोप अहिले २१ औ शताब्दीमा आएर पनि आफनै परिवारबाट महिलामाथि हिंसा हुनु दुःख रहेको महिला अधिकारकर्मीहरुले जनाएका छन् ।

ओसी अख्तर अन्सारीकी श्रीमति ३५ वर्षीय जयदा खातुनमाथि स्थानीयहरुले बोक्सीको आरोप लगाउँदै दुव्र्यवहार तथा कुटपिट गरेपछि कुटपिटबाट घाइते भएकी खातुनको प्रादेशिक अस्पताल कलैयामा उपचार गराएर घर फर्किएकी छन ।

पिडित खातुनका अनुसार स्थानीय नसरुदीन मियाँ अन्सारी, फुलमहम्मद अन्सारी, तबरेज अन्सारीलगायतको समूहले खेतबाट माटो चोरी गरिरहेको बेला रोक्न जाँदा बोक्सीको आरोप लगाएर कुटपिट गरेको बताएकी छन । आरोपित सबै पिडितकै आफन्त रहेको र पहिलेदेखिनै बिबाद हुदै आएको स्थानीयले बताएका छन ।

आफू एक्लै भएको बेला तिनैजना पुरुषले आफूलाई बोक्सीको आरोप लगाउँदै लछारपछार गरेर कुटपिट गरेको पिडित खातुनको आरोप छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता राजेश थापाले बोक्सी आरोपमा कुटपिट भएको र सामान्य चोटपटक लागि उपचार गरी पिडित फर्किएको र आवश्यक छानविन भईरहेको बताउनु भएको छ ।
कुटपिट गरिएकी महिला र कुटने व्यक्तिहरु काका र बुहारी भएका अनुसन्धानबाट देखिएको थापाले बताए।

कुटने पक्षहरुले आफूहरु बोक्सीको आरोपमा नभएर जग्गाको पुरानो रिसवी रहेको र सोमबार साईकलले ठक्कर दिएको विषयमा झै–झगडा हुँदा कुटाकुट भएको बताएका छन् भने पीडित महिला पक्षले बिना कारण बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरी कुटपिट गरिएका दाबी गरेको थापाले बताए। घटनालाई बोक्सी र जग्गाको पुरानो विवाद दुवै तरिकाले अनुसन्धान सुरु गरिएको उनले बताए।

शेयर
प्रतिक्रिया
Skip to content