सर्बोच्चको पुर्ण पाठ निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि बाटो खुल्यो

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि बाटो खुलेको छ । सर्वोच्च अदालतले न्यून वातावरणीय क्षति हुनेगरी निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि बाटो खोलेको हो । अदालतले वातावरणीय प्रभाव मुल्यांकन ईआइए गराएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न परमादेश जारी गरेको छ । यस्तो विमानस्थल निर्माण गर्ने स्थानबारे भने सर्वोच्च मौन बसेको छ । यसले निजगढमै अन्तराष्ट्रिय विमानस्थल बनाउन सरकारलाई बाटो खोलेको हो । उक्त फैसलामा फरक राय दिने दुई न्यायाधीश हरिकृष्ण कार्की र मनोजकुमार शर्माले भने निजगढमा नै कम वातावरणीय क्षति हुने गरी बनाउनुपर्ने उल्लेख गरेर निजगढ अन्तराष्ट्रिय विमानस्थल नबनाउन यस अघि भएको शंका मेटिएको छ ।

ू नेपालमा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न विमानस्थलको आवश्यकता रहेको तथ्यमा सबै न्यायधिस एक देखिएका छन् । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिनुपर्ने आवश्यकता रहेको कुरामा रिट निवेदकले पनि अन्यथा जिकिर गरेको नपाइएको बताउदै नेपालको हवाई उडानलाई व्यवस्थित, भरपर्दो, सुरक्षित र सुविधाजनक कायम गरिनु आवश्यकता भएकोले कम क्षतिमा र प्राविधिक दृष्टीले उपयुक्त देखिएको स्थानमा विमानस्थल निर्माण गर्ने कार्य गर्नु गराउनु भनी विमानस्थल बनाउन सरकारलाई आदेश दिएका हुन ।

पुर्णपाठ

Nijgadh

Nijgadh

शेयर
प्रतिक्रिया
Skip to content