गठबन्धन सरकारको पहिलो प्राथमिकता निजगढ अन्र्तराष्ट्रिय विमानस्थल प्रधानमन्त्री देउवा

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

निजगढ l प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्र्तराष्ट्रिय विमानस्थलको निर्माणको कामलाई गठबन्धन सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् ।

निजगढ अन्र्तराष्ट्रिय विमानस्थलमा शुरुमा दुई लेनको रनवे सहित विमानस्थल निर्माण छिटै शुरु गर्ने उहाँले बताउनु भयो ।
प्रस्तावित स्थलको निरिक्षण गर्न बारा आएका प्रधानमन्त्री देउवाले निजगढ विमानस्थल बनाउने काममा अब ढिलासुस्ती नहुने समेत बताउनु भयो ।

प्रधानमन्त्री देउवाले तराई मधेस द्रुतमार्ग र विमानस्थल एकअर्कासंग जोडिएको आयोजना रहेको भन्दै दुवै आयोजना निर्माणको काम नरोकिने बताएका छन् ।

विमानस्थलकै कारण द्रुतमार्ग निर्माण भएको बताउदै दुवै आयोजना गठबन्धन सरकारको प्राथमिकता रहेको बताए ।
प्रधानमन्त्री देउवासंगै आएका पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले समयमै विमानस्थल नबने राज्यको अर्बौ लगानी खेर जाने भन्दै निर्माणमा ढिलाई गर्न नहुने बताउनु भयो ।

प्रचण्डले देशको अर्थतन्त्रका लागि निजगढ विमानस्थल गेम चेन्जर प्रोजेक्ट रहेको भन्दै प्रचण्डले प्रधानमन्त्री पनि विमानस्थल निर्माणका लागि सकारात्मक देखिएको बताएका छन् । द्रुतमार्ग बनाउनुको औचित्य विमानस्थलसंग जोडिएको भन्दै विमानस्थल बनाउनुपर्ने कुरामा दुविधा नरहेको बताए ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि विमानस्थल निर्माण रोकिन नहुने बताए । जसपा नेपाल पार्टीका अध्यक्ष उपेन्द्र यादबले भारत एकै पटक धेरै अन्र्तराष्ट्रिय विमानस्थल बनी रहेको बताउदै नेपालमा भने अन्र्तराष्ट्रिय मापदण्डको एउटापनि अन्र्तराष्ट्रिय विमानस्थल नभएको बताउदै निजगढ अन्र्तराष्ट्रिय विमानस्थल बनाउन तत्काल शुरु गर्नु भयो । कार्यक्रममा जनमोर्चा नेपालकी उपाध्यक्ष दुर्गा पौडेलले पनि कम क्षतिमा विमानस्थल बनाउन सर्वोच्चको आएको आदेश अनुसार निजगढ विमानस्थल बनाउने काम शुरु गर्नुपर्ने बताईन । प्रधानमन्त्रीको नेतृत्वमा आएको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, वन तथा वातावरण मन्त्री रामसहाय यादव, संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री जीवनराम श्रेष्ठ, खानेपानी मन्त्री उमाकान्त चौधरी, नागरिक उड्यान प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे लगायत सहभागी थिए ।
टोलीले जीतपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका र कोल्हबी नगरपालिकाका जनप्रतिनिधिसंग छलफल समेत गरेका थिए भने निजगढ अन्र्तराष्ट्रिय विमानस्थल आयोजना नि. प्रमुख विजय यादबले निजगढ अन्र्तराष्ट्रिय विमानस्थलका बारेमा प्रकाश पारेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content