टागियाको बिकासको लागि सर्वदलीय बैठक

तराइ संचार
तराइ संचार 690 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

गणेश रिजाल
सिमरा ।सरकारलेजीतपुर सिमरा १६ टागियाबस्तीमा राष्ट्रिय गौरवका आयोजना अन्तरगत दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेता पनि टागियामा बसोवास गर्ने जनताहरूको न्यायोचित ब्यवस्थापनमा ध्यान नदिए पछि आज जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १६को आयोजनामा सर्वदलीय बैठक सम्पन्न भएको छ ।

जीतपुर सिमरा उपमहानगरपालिका १६ टागियाबस्तीमा आधारभुत आवश्यकताका विकासका कामहरू रोकिदा १४७६ घरधुरीका करिव ११००० जनसंख्या २९३६ मतदाता रहेको सो बस्ती जीतपुर सिमरा उपमहानगरपालिका १६ मा रहेको छ ।

दोश्रो अन्तरास्ट्रिय विमानस्थल बन्दा २०३४र ३५ साल देखि बसोवास गरेका जनताहरूको विषयमा आसार १८ गते सरकार प्रमुख ९प्रधानमन्त्री० शेर बहादुर देउवा लगाएत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल, एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपाल,जनता समाजबादीका अध्यक्ष उपेन्द्र यादव लाएत विभागिय मन्त्री आउदा टागियाबासीलाई वेवास्था गरेकाले अब आफुहरूको के हुने हो मा चिन्ता रहेको टागियाबस्तिका अगुवाहरू रमेश सापकोटा,नवराज संजेल,ज्ञानबहादुर थिङ लगाएतकाले बताएका थिए । सर्वदलिय बैठकमा सबैको ध्यान हिजो दुर्तमार्गमा प्रधानमन्त्रीले गरेको सम्बोधनमा केन्द्रीत थियो ।

प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा दुई लेनको भए पनि अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनिरहदा टागिका जनताहरू पनि अव हाम्रो बस्तिको विषयमा पनि केहि सम्बोधन हुन्छ भन्नेहरू मुख निनाउरो पारेर हिडेको वडा नं १६ का अध्यक्ष हरिदेव खरेलले जानकारी दिनुभयो ।

कोहि पनि नेपाली अन्धकारमा बस्न हुदैन भनेर उर्जा मन्त्रालयले जीतपुर सिमरा १६ मा विधुतिकरणका लागि तार पोल पठाए पनि पोल तार अस्तब्यस्त रहेको र वन विभागले सो स्थानमा पोल गाड्न नदिए पछि जीतपुर सिमरा १६ ले सहजिकरणका लागि सबै संगलहातेमालोको लागि अपिल गरेको छ ।

आजको सर्व पक्षिय बैठकमा नेपाली काङ्ग्रेसका वडा सभापति नवराज संजेल,कोषाध्यक्ष ज्ञानबहादुर थिङ,श्याम तुम्सीङ,नेकपा एमालेका पुष्पराज थापामगर,नारायण घिमिरे,रमेश सापकोटा नेकपा माओवादीबाट निवर्तमान वडा अध्यक्ष केदारनाथ बजगाई राष्ट्रिय प्रजातन्त्र पाटिबाट कमल नेपाल बुद्धिजीवीबाट अनिल मैनाली,राधेश्याम शिवाकोटी लाएतकाको उपस्थिति रहेको बेठकको अध्यक्षता वडा अध्यक्ष हरिदेब खरेलले गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content