कलैया । सामाजिक सुरक्षा भतालाई महिना महिना दिनमानै दिने गरी कामको गृहकार्य अगाडि बढेको राष्ट्रिय परिचयपत्र तथा पंजिकरण बिभागका महानिर्देशक तिर्थराज भट्टराईले बताउनु भएको छ ।
बाराको कलैया स्थित रहेको करणराज प्लालेसमा आयोजित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारिता सरकार र नागरिकको भुमिका बिषयक जिल्ला स्तरिय सार्वजनिक सुनवाई कार्यक्रमलाई सम्बोधन गर्दै महनिर्देशक भट्टराईले सो कुरा बताउनु भएको हो ।
जन्मदर्ता नागरिकतासंग परिचयपत्रको सम्बन्ध रहेको बताउदै भट्टराईले जन्मदर्तादेखिनै नागरिकता प्राप्तीका लागि ध्यान केन्द्रित हुनुपर्ने कुरामा जोड दिनु भएको छ ।
राष्ट्रिय परिचयपत्रलाई अझै प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय बारा सहित ईलाका प्रशासन कार्यालयहरु सिमरा, सिम्रौनगढ, कोल्हवीमा जनशतिm परिचालन गरी थप युनिटको व्यवस्था चाडै गर्ने तयारी भईरहेको भट्टराईले बताए । उनले असारे बिकासलाई निरुत्साही गर्दै कानुनले तोके अनुसार कामकाज गर्नेमा कुनै कमी नराख्ने प्रतिवद्धता समेत ब्यतm गरे । नागरिक र पंजिकरण बिभागको समन्ध सुमधुर हुनु पर्ने कुरामा जोड दिनु भयो । बैकिङ्क सेवालाई प्रभावकारी बनाउनका लागि गाँउ गाँउमा घुम्ती सेवा निर्माण गरी सेवा प्रभाव गर्न निर्देशक भट्टराईको सुझाव रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गृह मन्त्रालयका सहसचिव गृसम कुमार भुसालले नागरिकको अवाजलाई सम्बोधन गर्दै हुने गरी कानुन बनाउन सरकार तयार रहेको बताउनु भयो । उनले सहभागिहरुका तर्फबाट उठाएको कुरा कानुन सम्बत रुपमा सम्बोधन हुने कुरामा कुनै कमी नहुने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
जिल्ला समन्वय समितिको संयोजक नरेन्द्र कुमार साहको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णकुमार कटुवाल, सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरी प्रसाद कलवार, बारागढी गाँउपालिकाका अध्यक्ष अशोक प्रसाद जयसवाल, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह, लगायतकाले नागरिकले दुःख पाएको बिषयलाई सम्बोधन गर्नु हुदै प्रभावकारितामा जोड दिनुभएको थियो ।