बाराका सामुहिक जबरजस्ती करणी गर्ने दुई पक्राउ

तराइ संचार
तराइ संचार 827 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं।१ स्थित आफ्नो गोठघरमा एक्लै सुतिरहेकी एक महिलालाई सामुहिक बलत्कार गरेको आरोपमा एक बालक सहित दुई पक्राउ परेका छन् । बलत्कारको आरोप लागेका च्युटाहा निवासी एक १५ बर्षिय बालक समेत रहेका प्रहरीले जनाएको छ । त्यसै गरी अर्का सोही स्थानका १७ बर्षिय बालक रहेकाले सबैको पहिचान नखुलाईएको प्रहरीले जनाएको छ ।

निज दुवैले सामुहिक रूपमा पालैपालो जबर्जस्ती करणी गरेको भन्दै महिलाले उजुरी गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । जबर्जस्ती करणी सम्वन्धी कसूरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई निजहरूलाई यस कार्यालयको निग्रानी कक्षमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक राजेश थापाले जनाएका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content