जीतपुरसिमरा उपमहानगरपाकिलाको स्थगित नगरसभा भोलि शनिबार

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 459 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय
?????????????????????????????????????????????????????????

सिमरा ।  जीतपुरसिमरा उपमहानगरपाकिलाको स्थगित नगरसभा भोलि शनिबार हुने भएको छ । राजनैतिकरुपमा सहमति भएपछि बिहीबार बसेको नगर कार्यपालिका बैठकको निर्णय अनुसार शनिवार उपमहानगरपालिकाले नगरसभा बोलाएको हो ।

नगरसभा तोक्नु अघि नगरप्रमुख राजन पौडेलले एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुसग पटक पटक बैठक बसी सहमतिमा पुगेको बताईए पनि पुष्टी भने हुन सकेको छैन । यसअघि असार १० र १३ गते गरी दुई पटक नगरसभा बोलाईएको थियो । तर नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको लगातारको बिरोध र होहल्लाका कारण नगरसभा स्थगित हुदै आएको थियो ।

कार्यपालिका बैठकले वडाको सिलिङको टुंगो लगाएपछि उपमहानगरपालिकाकाले सहमतिमै शनिबारका लागि नगरसभाको बोलाएको हो । भोलि बिहान ९ बजेदेखि सिमराको क्लासिक होटलमा नगरसभा शुरु हुने जनाईएको छ । नगरसभाको कार्यक्रम निम्न अनुसार छ ।

शेयर
प्रतिक्रिया
Skip to content