सिमरा । सम्राट खनाल (सरोज) को नेतृत्वमा अनेरास्ववियु बाराको २३ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत निर्वाचित भएका छन ।
२३औं जिल्ला अधिवेसनले उपाध्यक्षमा शंकर यादव, सचिवमा हरि लामा, तीन सहसचिवहरुमा निर्जल घिमिरे, बिनिसा अधिकारी ,संगिता गौतम र कोषाध्यक्षमा मुन्ना तिवारी निर्वाचित भएका छन ।
सदस्यहरुमा समिर लुइटेल , बिज्ञान चापागाइ, राजा शाह , खुसि चौरसिया , पुजा भट्टराइ , अबिरल अधिकारि , रन्जना शिंह , महमद अजरुद्धिन अन्सारी, सागर कुमार कुर्मि, बिशाल यादव , नवराज दाहाल र यासिर अहमद निर्वाचित भएका हुन ।
त्यसैगरी सदस्यहरुमै रोसन कुमार मन्डल, दिपक चौधरी, पार्वती दाहाल र ऋतिका श्रेष्ठ निर्वाचित भएको केन्द्रिय सदस्य त्रिलोक शाह ठकुरीले बताएका छन् । अनेरास्ववियु केन्द्रिय अध्यक्ष सुनिता बरालको प्रमुख आतिथ्यतामा बाराको सिमरामा अधिबेशन सम्पन्न भएको हो ।
यसअघि अधिवेशनको उद्घाटन बरालले गरेकी थिईन् । कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेल, पोलिटव्युरो सदस्य अच्युत मैनाली, ज्वालाकुमारी साह, जीतपुरसिमरा उपमहानगरपालिका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, निजगढ नगरपालिका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, एमाले नेता मनोज पौडेल, ढुण्डिराज उप्रेती, अनेरास्ववियु मधेस प्रदेश अध्यक्ष अन्जना शिवाकोटी सहसंयोजक त्रिलोक विक्रम शाह लगायतको उपस्थिती रहेको थियो ।
अनेरास्ववियुका जिल्ला संयोजक श्यामकृष्ण घिमिरेको अध्यक्षतामा अधिवेशनको उदघाटन सत्र सम्पन्न भएको थियो । अधिवेशनको बन्दसत्रमा संगठनको प्रतिवेदन पारित गर्दै नयाँ चयन नेतृत्व चयन गरिएको हो । कार्यक्रममा अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्षलाई सम्मान समेत गरिएको थियो ।