सवारी दुर्घटनामा एकको मृत्यु एक सख्त घाईते

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । बाराको महागढीमाई नगरपालिका ५ दहियार स्थित दहियारबाट गंजभवानिपुर तर्फ जादै गरेको अबस्थामा एक मोटरसाईकल नियन्त्रण बाहिर जादा एकको मृत्यु हुनुको साथै एक सख्त घाईते भएका छन् । शनिबार करिब १० बजेको समयमा प्र.२–०३–०२० प ४१७२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल पछाडी सवार सर्लाही सेखौना बस्ने २८ बर्षिय अरबिन्द कुमार कुशवाहाको राजलक्ष्मि अस्पताल कलैयामा उपचारको क्रम्मा मृत्यु भएको हो ।

चालक पर्सा अलौ टोल बस्ने बर्ष ३५ को रामबाबु साहको राजलक्ष्मीमा सामान्य उपचार पश्चात थप उपचारको लागि न्युरो अस्पताल बिरगंजमा पठाईएको अवस्था सिरियस रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मोटरसाईकल प्रहरी चौकीको नियन्त्रणमा रहेको बताईएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content