बारा जिल्लामै पहिलोपटक कलैया उपमहानगरपालिकामा नगर खेलकुद बिकास समिति गठन

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.4k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कलैया । बाराको कलैया उपमहानगरपालिकाले बारा जिल्लामै पहिलोपटक नगर खेलकुद बिकास समिति गठन गरेको छ । कार्यपालिकाको सातौ बोर्ड बैठकबाट कलैया उपमहानगरपालिका संयोजक महमद समिउल्लाहको नेतृत्वमा सदस्यहरु आमोद गुप्ता, रामविक्रम शाह, तसरुदिन् मन्सुर, शैलेश श्रेष्ठ, दिनदयाल साह, र सदस्य सचिव राजेशवर गौतम रहने गरी नगर खेलकुद विकास समिति गठन गरेको हो ।

सुक्रबार सम्पन्न कार्यपालिका बैठकले नगरसमिति गठन गरेको हो । बाराको १६ स्थानीय तह भएपछि नगर खेलकुद समिति गठन गरेको कलैया उपमहानगर पहिलो पालिका बनेको छ । पालिकाले अहिलेसम्म खेलकुदलाई प्राथमिकतामा नराखेका कारण नगर खेलकुद गठन गरेका छैनन ।

स्थानीय तहको पिलरहरु मध्ये एक खेलकुदलाई प्राथमिकता नदिदा बाराबाट उत्पादन हुदै आएका राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी उत्पादन रोकिएको छ । निर्वाचन भएको केही दिनमै नगर खेलकुद समिति गठन गरेर खेलकुद क्षेत्रलाई प्राथमिकता दिएकोमा संम्योजक समिउल्लाहले नगरप्रमुख लगायत सबैलाई धन्यवाद समेत दिए ।

उनले समिति निर्माणमा सबै खेलको प्रतिनिधित्व नभएपनि सबैको विकासमा ध्यान दिने समिउल्लाहले बताए । क्रिकेट खेलका १५ भन्दा बढी , कुस्ती र कपर्दीका आधा–आधा दर्जन अन्तराष्ट्रिय खेलाडी कलैया क्षेत्रबाट उत्पादन भएपनि पछिल्लो समय प्रतियोगिता नहुदा खेलाडी उत्पादन रोकिएको खेलकर्मीहरुले बताएका छन ।

राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी उत्पादन गरी कलैयाको नाम चिनाएको भएपनि पछिल्लो समय खेलको विकास हुन नसकेकोले नगर खेलकुद मार्फत खेलकुद ऐन र कार्यबिधि बनाएर खेलकुदको बिकासमा टेवा पुराउने कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले बताउनु भयो ।

कलैयाका तेक्वान्दो खेलाडी समेत रहेका नेपाल तेक्वान्दो संघका प्रदेश सदस्य मुक्ती प्रसाद यादबले समिति बन्नु राम्रो पक्ष भएपनि तेक्वान्दो लगायत अन्तराष्ट्रिय क्षेत्रमा पदक ल्याउने खेलको प्रतिनिधित्व समितिमा नगराएकोमा दुःख लागेको बताउनु भयो । खेल क्षेत्रमा सबैको प्रतिनिधित्व हुनु पर्नेमा एकापक्षको मात्र राखेर गठन भएको बताए ।

शेयर
प्रतिक्रिया
Skip to content