आफनै जग्गामा भूमिगत लाइनका लागि अनुमति मागेको चार महिना पछि वन मन्त्रालयको ईजाजत

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 806 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

निजगढ । नेपाल बिधुत प्राधिकरणले आफनै जग्गामा भूमिगत प्रसारण लाइन जडान गर्न अनुमति मागेको चार महिना पछि बल्ल ईजाजत पाएको छ । वन तथा वातावरण मन्त्रालयले चार महिना ढिला गरी स्विकृती दिएपछि समयमै यो आयोजना सम्पन्न हुन्छ की हुदैन चासोकासाथ हेरिएको छ । वन तथा वातावरण मन्त्रालयले बुधबार मन्त्रीस्तरको निर्णयबाट ४ हजार ८ सय ३० मिटर लामो विद्युत लाइन जडान गर्न अनुमति दिएको हो ।

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र हुँदै बारा जिल्लाको पिलुवादेखि पूर्व गढीमाई जाने मोडसम्म ४ हजार ८ सय ३० मिटर लम्बाइको ३३ केभी क्षमताको अन्डरग्राउण्ड विद्युत प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले २०७८ चैत्र ३० गते पत्राचार गरेर सहमति माग गरेको हो ।

बिधुतको आफनै जग्गा भएपनि साना तिना रुख बिरुवा भएकाले बनको सहमति माग गरेको चार महिना बित्न लागेपनि मन्त्रालयले रोकेर राखेका कारण समयमै नबन्ने अबस्था आएकोले तत्काल वन मन्त्रालयलाई पहल गरी दिन निजगढमा भएको एक कार्यक्रममा सिमरा बिधुत प्राधिकरणका ईन्जिनियर रामनारायण साहले निजगढ नगरप्रमुख सुरथ पुरीसग आग्रह गरेका थिए ।

आउदो बैशाख मसान्तमा काम सक्ने गरी एम एस टाटा प्रोजेक्ट लिमिटेडलाई ठेक्का लगाई सकेको हाईटेन्सन लाईन मुनीको आफनै जग्गामा स्विकृती लिन करिब चार महिना ढिला हुदा समयमै काम सकिनेमा शंका पैदा भएपनि सामाग्री सबै आई सकेकाले तत्काल काम शुरु गरिने उनले बताए । वन मन्त्रालयका सहायक वन अधिकृत ज्ञानेन्द्र कायस्थले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई बुधबार नै यस सम्बन्धमा जानकारी सहितको पत्र पठाएको बताएका छन् ।

पत्रमा नेपाल विद्युत प्राधिकरणका हाल भइरहेको १३२ केभी विद्युत प्रसारण लाइनको ‘राइट अफ वे’ मा पर्नेगरि ३३ केभीको अन्डरग्राउण्ड प्रसारण लाइन विस्तार गर्नुपर्ने उल्लेख भएपनि बिधुतले नै सोही आफनै जग्गामा सहमति मागेको हो ।

 

शेयर
प्रतिक्रिया
Skip to content