छुटेकाहरुको नाम समावेश गर्न समय सिमा बढाउन दलित सरोकार मंचको माँग

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 750 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कलैया  ।  निर्वाचन आयोगले मंसिर ४ गते संघिय एवम प्रदेशको निर्वाचन गराउन समय सिमा दिएको भएपनि समय थप गरि मतदाता नामवालीमा छुटेकाहरुको नाम समावेश गर्न दलित सरोकार मंचको माँग

कलैया । निर्वाचन आयोगले मंसिर ४ गते संघिय एवम प्रदेशको निर्वाचन गराउन समय सिमा दिएको भएपनि समय थप गरी मतदाता नामवालीमा छुटेकाहरुको नाम समावेश गर्नका दलित सरोकार मंच नेपालले माग गरेको छ ।

कलैया स्थित दास गेष्ट हाउसको सभाहलमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय दलित पत्रकार संघ नेपाल र दलित सरोकार मंच नेपाल सप्तरीले सो माग गरेको हो । पत्रकार सम्मेलनमा मतदाता नामवली छुटेका दलित, महिला, जन्मसिद्ध नागरिकता भएका ब्यतिm, सिमान्तकृत समुदायका ब्यतिmहरुलाई बढी भन्दा बढी कसरी सहभागिता गराउन सकिन्छ भने उदेश्यका साथ पत्रकार सम्म्ेलन गरि समय सिमा अझै थप गर्न माँग गरिएको राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय सचिव सिकेन्द्र पासवानले जानकारी दिए ।

निर्वाचन कार्यालय, ईलका प्रशासनहरुमा एक जना कर्मचारीको भरमा फारम भर्ने, रुजु गर्ने, फोटो खिच्ने जस्ता कामकाजले गर्दा भिडभाड बढी भई एक हप्ता सम्म पालो नै नपर्ने गरेका कारणले पनि मतदातामा ती बर्गहरुको नाम छुटन गएको सचिव पासवानले बताए । निर्वाचित वडाअध्यक्ष , पालिका प्रमुखहरुले आफनो नजिकका ब्यतिmहरुलाई काखी च्यापी मतदाता नामवालीमा नाम समावेश गराउनुको साथ साथै राजनितिक दलहरुको पहुचको अधारमा समेत कामकाज भएको हुदापनि धेरै जनाको मतदाता नामवलीमा नाम छुटेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ पत्रकार एवम बारा नागरिक समाजका अध्यक्ष समेत रहेका उमेशलाल दासले दलितहरुलाई अहिले पनि बिभिन्न बहनामा बिभेद, सोसनमा पार्ने कामहरु भईरहेको हुदा अधिकारका लागि दलित समुदायहरु एकजुट भई अगाडी बढनुपर्ने धारणा ब्यतm गरेका थिए । कार्यक्रममा सहजीकरण राष्ट्रिय दलित पत्रकार संघ नेपाल बारा शाखाका सल्लाहकार पन्नालाल दासले गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content