गणेशमान सिंह पार्क मोहरीमा तोडफोड कार्य अत्यन्तै निन्दनीय र सामाजिक बिकृती–नगरप्रमुख पुरी

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले पर्यटकीय क्षेत्र निजगढ वडा न ४ स्थित गणेशमान सिंह पार्क मोहरीमा तोडफोड कार्य अत्यन्तै निन्दनीय र सामाजिक बिकृती भएको बताउनु भएको छ ।

आज शुक्रवार बिहान नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ सहितको टोलीले निरिक्षण गरेपछि नगरप्रमुख पुरीले सो कुरा बताएका हुन । नगरपालिका र नगरबासीका लागि यो एउटा अप्रिय घटना भएको उनले बताए । निन्दा गरेपनि नपुग्ने बताउदै दोषीहरुलाई पहिचान गरी कार्वाही गर्न उनले सुरक्षा निकायलाई आग्रह समेत गरे ।

तोडफोडलाई हेर्दा एउटा ईगो र रिसिवी जस्तो देखिने उनले बताए । १८ साउन राती तोडफोड भएको गणेशमान सिंहको सालिक वरिपरि रहेको स्टील रेलिङ, मार्बल, सिमेन्टको कुर्सी तोडफोड भएको हो । रातको समयमा केही ब्याक्तीहरुले गणेशमान सिंहको सालिक वरिपरिको स्टील रेलिङ भाच्नुको साथै मार्बल फुटाउने र सिमेन्टको कुर्सी समेत भाचेका छन । गणेशमान सिंह पार्क ब्यबस्थापन समितिका अध्यक्ष सागर गौतमले तोडफोड गने व्यतिmलाई पहिचान गरी कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यलय निजगढमा निवेदन दिएको बताएका छन ।

गौतमले निर्माणाधिन अबस्थामा योजना सम्पन्न नहुदै भएको तोडफोडबाट करिब २ लाख क्षति भएको बताए । गतबर्ष बिनियोजित २० लाख रुपैयाबाट निर्माण भईरहेको पार्कको तोडफोड र क्षतिले पार्कको सुरक्षा चुनौती थपिएको उनले बताए । उनले राजनैतिक कारण नभएपनि कुरुवा कामको शिलशिलामा केही सामान्य विवाद बाहेक केही थिएन । समितिमा सबै दलको प्रतिनिधित्व गरेको र यस अघि कुनै समस्या नभएको उनले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content