सिम्रौनगढ । किसानहरुको मुख्य बालीकोरुपमा रहेको धानबालीको समयमा किसानहरुमा रासायानिक युरिया मलको हाहाकार भएको छ ।
भारतीय बजारबाट आउने मल तस्करहरुले गाडीबाट मात्र ल्याउन पाउने र सिधै बाहिर लैजाने भएका कारण सिमामै मलको हाहाकार भएको हो ।
सधै तस्करीको केन्द्र सिमा क्षेत्रममा समेत मलको हाहाकार भएपछि किसान भारतीय बजारमा रु ५०० मा पाईने युरिया मल राजमार्गसम्म आईपुग्दा पाँच गुणा बढी २५००।– पर्ने गरेको छ । त्यो पनि पाईन छाडेको छ । सरकारले मल आपुर्ति गर्न नसकेको र भारतीय सिमाबाट समेत किसानले मल ल्याउन नपाउदा किसानहरुमा मलको हाहाकार भएको हो ।
कुडुवाका किसान बिद्यानन्द कलबारले आफुले भारतको आधार कार्ड देखाएर दुई बोरा मल ल्याउदा भारतीय मल किसानले घेरेर लैजाने भएकोले नलैजान भारतीय सुरक्षाकर्मीले भनेपछि नसक्ने देखेर त्यतै बेचेर आएको तर मल ल्याउन नसकेको बताए । तर नेपाली गाडीहरुमा तस्करहरुले भने खुलेआम ल्याउने गरेको कलबारले बताए ।
सिम्रौनगढका किसान राजकिसोर साहले भारतीय सिमा बजारबाट किसानले एक बोरा पनि मल आपुर्ति गर्न सक्ने अबस्था नभएको बताए । भारतीय बजारबाटै नेपाली मल तस्करहरुले साईकलबाट ल्याउने मल भारतीय समुहले कब्जामा लिई नेपाली तस्करलाई गाडीका गाडी रातमा दुवै तर्फका सुरक्षाकर्मीले तस्करी गर्ने गरेका कारण नेपाली सिमा क्षेत्रमै मलको हाहाकार भएको भएको साहले बताए ।
सिमा क्षेत्र कुडुवाका मल ब्यापारी राजेन्द्र साहले साईकलबाट मल ल्याउन नसक्ने भएपछि भारतमा रु ५०० पर्ने युरिया मल सिमामै २१०० पर्ने गरेको बताए ।
आदर्शकोतवाल निवासी छोटेलाल साह कानुले सरकार मल पनि ल्याउन नदिने र सिमाबाट पनि नेपाल प्रहरीबाट पनि साईकलमा मल ल्याउन नदिने गरेको बताए । पचरौता ८ निवासी गौरी शंकर प्रसाद यादबले भारत सरकारलेनै नेपालमा मल आउन नदिन मलको विकल्प पाउडर दिन शुरु गरेको बताए ।