निजगढमा तीन प्रमुखका कक्षमा तालाबन्दी, जनता मारमा

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 550 - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ नगरपालिकामा नगरप्रमुख र कार्यपालिका सदस्यहरुबिच बिवाद बढदै गएको छ । बिवाद बढदै गएपछि नगरपालिकाको महत्वपुर्ण तीन प्रमुखको कक्षमा तालाबन्दी भएको छ । तालाबन्दीले जनताको काम हुन नपाउने भएपछि आम नागरिक नगरबाट प्रवाह हुने सेवा सुविधाबाट बञ्चित भएका छन् ।

मन्त्रालयले यस अघिकै प्रमुख प्रशासकीय अधिकृत उपसिचब सुमन कुमार कार्कीलाई निजगढ नगरपालिकामा थमौती गरेपछि नगरप्रमुख सुरथ पुरीले हाजिर हुन नदिने भन्दै कर्मचारी प्रमुखको कक्षमा तालाबन्दी गरेका हुन । छलफल गरी समाधान निकाल्ने भन्दा प्रतिष्ठाको बिषय बनाएको भन्दै नेपाली काग्रेसबाट बिजयी बहुमत कार्यपालिका सदस्यहरुले नगरप्रमुख र उपप्रमुखको कार्यकक्षमै तालाबन्दी गरेपछि निजगढ नगरपालिकामा तीन प्रमुखको कक्षमा तालाबन्दी भएको हो ।

तीन प्रमुखको कार्यकक्षमा तालाबन्दी भएपछि जनताका अधिकाश काम समयमै हुनबाट रोकिएको छ । मन्त्रालयले खटाएका जोसुकै प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिर गर्न र काम गर्न दिएर जनताको दैनिक कार्य सम्पादन हुने अबस्था बनाई अर्को प्रमुख प्रशासकीय अधिकृत मन्त्रालयमा गएर ल्याउन भनेपनि नगरप्रमुखले प्रमुख प्रशासकीय अधिकृतको ताला नखोलेका कारण आफुहरुले पनि तालाबन्दी गर्न बाध्य भएको वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलानले बताउनुभयो ।

निजगढ नगरप्रमुखले प्रशासनिक कार्यमा अबरोध गरेको भन्दै तत्काल सच्याउन बहुमत कार्यपालिका सदस्यहरुको माग

 

प्रमुख प्रशासकीय अधिकृत प्रकरणलाई लिएर गत श्रावण १७ गतेनै नगर प्रमुखलाई ध्यानाकर्षण गराएपनि नगर प्रमुखले आफुहरुको ध्यानाकर्षणलाई बेवास्ता गर्दै समस्या समाधानमा उदासिन भएकोले बाध्य भएर तालाबन्दी गर्नु परेको घलानले बताए । निजगढका नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङको कार्यकक्षमा सोमबार तालाबन्दी भएपछि नगरप्रमुख र कार्यपालिका सदस्यहरुबिच विवाद थप चर्कने भएको हो ।

प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तलाबन्दी गरेर डिजिटल हाजिर मेशिन निकाल्ने अधिकार क्षेत्र भन्दा बाहिर गएर कर्मचारीहरुलाई नगर प्रमुखले कागजी हाजिर गर्न लगाउने, प्रमुख प्रशासकिय अधिकृत कार्यालयमा प्रवेश गरे आक्रमण गराउनको लागि कार्यालयको सिसि टिभी क्यामेरा बन्द गराएर आफ्नो पार्टी नेकपा एमालेका कार्यकर्तालाई नगर कार्यपालिका कार्यालयमा उतार्ने गरेको आरोप कार्यपालिका सदस्यहरुले लगाएका छन् ।

नगरसभा सम्पन्न गराई नगरपालिकको वार्षिक कार्ययोजना र बजेट पास गर्नु पर्नेमा बेवास्ता गरी कार्यपालिकाको नियमित बैठक नराखेको तथा नगर प्रमुखले आफ्नो पदको दुरुपयोग गरेको आरोप उनीहरुले लगाएका छन् ।

नगर प्रमुखले यस्ता गतिविधि बन्द गरी नगर कार्यपालिका कार्यालयलाई निकास नदिए आफुहरु थप रचनात्मक विरोधका कार्यक्रमच गर्न बाध्य हुने घलानले बताए । उपभोक्ता समितिहरुले गत आर्थिक वर्षमा सम्पन्न गरेका योजनाहरुको भुक्तानी समेत नपाएको र सबै काम रोकिएको अबस्थामा भईरहेको प्रमुखलाई तालाबन्दी गरेर जनताको काम अड्काएर राखेको उनीहरुले बताएका छन । प्रमुख प्रशासकिय अधिकृत नहुदा कार्यालयबाट प्रवाह गर्नुपर्ने अधिकाश काम रोकिएपछि सर्वसाधारणले दुःख पाउदै आएका छन ।

जनप्रतिनिधि भएपछी नागरिककको सेवामा लाग्नु पर्ने भएपनि नगर प्रमुखले नगरबासीका काम भन्दा प्रतिष्ठाको बिषय बनाई प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा ताला लगाएर बस्नु गलत भएको बताएका छन् । प्रमुख प्रशासकिय अधिकृतलाई कार्यालयमा काम गर्ने वातावरण बनाएर गतिरोध अन्त्य नगरेसम्म नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा ताल्चा लगाउदै नगर प्रमुखलाई सहज वातावरण सृजना गर्न आग्रह गर्ने वडा नम्बर ८ का अध्यक्ष स्वर्ण लामाले बताए ।

कर्मचारीको पछी लागेर नगर प्रमुखले कार्यपालिकालाई नै बन्दक बनाउने काम गर्न नहुने लामाले बताए ।

नगर प्रमुख पुरीले भने कार्यपालिका सदस्यहरुले आफ्नो कार्यकक्षमा गरेको तालाबन्दी बारे आफु अनविज्ञ रहेको बताउनु भएको छ । आफु कार्यगत शिलशिलामा हाल काठमाडौंमा रहेको बताउदै नगर प्रमुख पुरीले जारी गतिरोधको समाधानमा आफु लागि रहेको बताउनु भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कारण नगरपालिकामा विवाद उत्पन्न भएको बताउदै नगरप्रमुख पुरीले प्रमुख प्रशासकीय अधिकृत कार्कीसग पनि त्यस्तो नराम्रो केही नभएपनि पछिल्लो समय असहयोग गरेको र नियमित सरुवा भई गई सकेर अर्को हाजिर भएको अबस्थामा फेरी थमौती भएपछि आफुले कार्कीलाई हाजिर नगराउने बताउदै आएका छन । नगरप्रमुख र कार्यपालिका सदस्यको बिवाद बढदै गएपछि नागरिकको समस्याहरु भने आझेलमा पर्दै गएको छ ।

ट्याग्स :
शेयर
प्रतिक्रिया
Skip to content