गुरुप्रसाद गौतम
सिमरा । बाराको लामो समयदेखि निर्माण अधुरो रहेको बहुप्रतिक्षित मानमत–मटिअर्वा सडकखण्ड निर्माण सम्पन्न नहु“दै जताततै खाडल र भत्किएको छ । मानमत मटिअर्वा सडक खण्डको पिलुवा देखि कलैयासम्म ठाउ“–ठाउ“मा खाडल र सडक भत्किएपछि ठेकेदारको कामप्रति सबैको चासो र चिन्ता बढ्न थालेको छ ।
मानमत –कलैया–मटिअर्वा सडक खण्डलाई दुई प्याकेजमा गरेर काठमाडौंको आशिषः डिएस जेभी निर्माण कम्पनीले २०७६ बैशाख महिनासम्ममा निर्माण सम्पन्न गर्न ४८ करोड ५८ लाखमा ठेक्का सम्झौता गरेको थियो । आयोजना पूरा नहु“दै जताततै खाडल र सडक भत्किएपछि स्थानीयहरुले सडक गुणस्तरयुक्त नभएकोले योजना सम्पन्न नहु“दै भत्कन थालेको बताएका छन् । काम सम्पन्न भएको स्थानमा भत्किएपछि निर्माण सम्पन्न नहु“दै जताततै बनिसकेको सडकहरु खाल्डा खुल्डी र भत्किएको तर्फ समेत सबैको ध्यान जानु जरुरी रहेको नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष राकेश पाण्डे बताउनु हुन्छ । सडक कार्यालयकै कर्मचारीको मिलोमतोमा गुणस्तरहीन काम भएको आरोप स्थानीयको छ । स्थानीय प्रशासन अख्तियार लगायत सम्बन्धित निकायको सडक निर्माण सम्पन्न नहु“दै भत्किएको कामको समेत अनुगमन र निरीक्षण गरी ठेकेदार कम्पनी र मिलोमतोमा काम गराउने कर्मचारीमाथि कारबाही हुनुपर्ने स्थानीय इन्द्रदेव कुशवाहा बताउनु हुन्छ ।
मानमत–मटिअर्वा सडक खण्ड निर्माण सम्पन्न नहुदै भत्कियो

प्रतिक्रिया
प्रतिक्रिया