संघीय सरकारबिरुद्ध प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु धर्नामा

तराइ संचार
तराइ संचार 1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

जनकपुरधाम । मधेश प्रदेश सरकारका मन्त्रीहरुले आज आइतबारदेखि धर्ना दिन सुरु गरेका छन् । संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै मधेश भवन प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा मन्त्रीहरु धर्ना बसेका हुन् । एक सातासम्म दैनिक २ घण्टा धर्ना दिइने कार्यक्रम उनीहरुले तय गरेका छन् ।

मुख्यमन्त्री राउतसहित भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, गृह तथा संचार मन्त्री भरत साह, राज्य मन्त्री रुबी कर्ण, खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मा सहितका मन्त्रीहरु धर्नामा बसेका छन् ।

प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरी आग्रह गरेपनि हस्तान्तरण नगरेको भन्दै प्रदेश सरकारले पहिलो चरणको आन्दोलन घोषणा गरेको हो ।

शेयर
प्रतिक्रिया
Skip to content