संघीय संसदबाट पारित भएको नागरिकता बिधेयक राष्ट्रपतिद्धारा फिर्ता

तराइ संचार
तराइ संचार 708 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

काठमाडौँ । संघीय संसदबाट पारित भएको नागरिकता बिधेयक पुनर्विचार हुन आवश्यक देखिएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । आइतबार साँझ उक्त विधेयक फिर्ता गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन् । संवैधानिक व्यवस्था अनुसार सोमबारसम्ममा राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण वा फिर्ता गर्ने समय थियो ।

‘ राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको विधेयक फिर्ता भएको हो ।

शेयर
प्रतिक्रिया
Skip to content