निजगढ । निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीलाई नगरप्रमुख सुरथ पुरीले कुनैपनि हालतमा हाजिर नगराउने अडान लिएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयमानै कामकाजका लागि खटाइएको छ ।
मन्त्रालयले २०७९–०४–२६ गते ईमेल मार्फत निजगढ नगरपालिकाको कार्यालयलाई पत्राचार गर्दै सो जानकारी गराएको हो । बिगत दुई हप्तादेखि तालाबन्दी हुदै आएको निजगढ नगरपालिकामा कसलाई पठाउने भन्ने विवाद अझै समाधान भएको छैन ।
मन्त्रालयले कार्कीलाई काजमा मन्त्रालयमा तानेको र अर्को नपठाएका कारण फेरी प्रशासकीय अधिकृतमा कार्कीनै आउने की अरु कसलाई पठाउने भन्ने बिषय मन्त्रालयले तोकी सकेको छैन । काजमा कार्कीलाई तानेको हुदा फेरी कार्कीनै आउन पनि सक्ने वा अरु कसैलाई पठाउन पनि सक्ने अबस्था भएकोले प्रमुख प्रशासकीय अधिकृत को आउने भन्नेले निजगढ नगरको गतिरोध अन्त्य हुने वा लम्बिने तय गर्ने बताईएको छ ।