निजगढ । निजगढ नगरपालिकामा बिगत १५ दिनदेखि लाग्दै आएको तीन प्रमुखको तालाबन्दी आजदेखि सबै खुल्ने भएको छ ।
नगरप्रमुख सुरथ पुरीले प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीको मन्त्रालयमै काजमा हाजिर भएपछि सोमबार हिजोदेखि प्रमुख प्रशासकीय अधिकृतको ताला खोलेर डिजीटल हाजिरी शुरु गरेपछि आजदेखि नगरप्रमुख र उपप्रमुखको कार्यकक्षमा समेत लगाईएको तालाबन्दी खुल्ने भएको हो ।
नगरप्रमुख र उपप्रमुखमा तालाबन्दी गरेका वडाअध्यक्ष सुर्य घलानले हामीले माग गरे अनुसार प्रमुख प्रशासकीय अधिकृतको कक्षको तालाबन्दी खोल्ने र डिजिटल हाजिरी सुचारु लगायतको माग सम्बोधन भएकोले आजै सबै ताला खोलिने बताए । यस अघि दुई दिन अघि राप्रपाले तालाबन्दी खोल्न ७२ घण्टे अल्टिमेटम दिएको थियो । मन्त्रालयले अर्को प्रशासकीय अधिकृत पठाई नसकेपनि सुमन कुमार कार्कीलाई मन्त्रालय तानेपछि समस्या समाधान तर्फ अघि बढेको हो ।