बोर्डिङ स्कुलको गाडीको चक्कामा परी २ वर्षीय बालकको घटनास्थलमै मृत्यु

तराइ संचार
तराइ संचार 669 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । बाराको निजगढ नगरपालिका– ६ मा मंगलबार बिहान स्कुल बसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ । बिद्यालय जाने बिद्यार्थि संकलन गर्दै हिडेको बिद्या सागर ई बोर्डिङ स्कुलको गाडीको चक्कामा परी २ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय निजगढको अनुसार दुर्घटनामा परेर सिम्रौनगढ नगरपालिका घर भई हाल निजगढ नगरपालिका–६ सडकटोलमा बस्दै आएका राकेस राय यादबका ५ वर्षीय छोरा आयुष राय यादबको मृत्यु भएको हो ।

दुर्घटनालगत्तै निजगढ– ७ स्थित बिद्या सागर ईंग्लिश बोर्डिङ स्कुलको प्रदेश–२–०३ ००१ क १०७३ नम्बरको स्कुल बस र चालक निजगढ– ९ घर भएका ५५ वर्षीय राम बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content