५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरस विरुद्धको खोप भदौ ५ गतेदेखि

तराइ संचार
तराइ संचार 906 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

काठमाडौं । ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दोस्रो चरणमा बालबालिकाहरुलाई भदौ ५ गतेदेखि ११ गतेसम्म कोरोना भाइरस विरुद्धको पहिलो मात्रा खोप दिन लागेको हो ।

बालबाबालिकालाई कोरोना विरुद्धको खोप ‘फाइजर बायोएनटेक’ दिन लागिएको हो । भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा लगाएका बालबालिकालाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जनाएका छन् ।

५ देखि १२ वर्षमुनिका उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रका आधारमा खोप र विद्यालयमा सूचीकृत नभएका बालबालिकाहरूको हकमा उमेर खुल्ने परिचयपत्रबाट खोप लगाईने बताईएको छ ।

मधेस प्रदेशको बारा, रौतहट र सर्लाही , बागमती प्रदेशको रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाञ्चोकका बालबालिका लगायत ५० जिल्लाका बालबालिकालाई यो खोप दिन लागिएको मन्त्रालयले जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content