बकैया खोलाको नदीजन्य सामाग्री मापदण्डमा रही उत्खनन अनुमति

तराइ संचार
तराइ संचार 825 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ नगरपालिकाले जथाभावी नदीमा पसेर गिट्टी, बालुवा, ढुंगा उत्खनन गरेपछि छापामारी गरी ढुंगा जफ्त गर्न थालेपछि खोलामा जथाभावी उत्खनन रोकिएको अवस्थामा पुनः उत्खननका लागि दबाव स्वरुप व्यवसायीहरुले सडक आन्दोलन गर्न थालेपछि नगरपालिकाले मापदण्ड तय गरी उत्खननको अनुमति दिने भएको छ । निजगढ नगरपालिकाको मंगलवार सम्पन्न स्थानीय ट्रयाक्टर व्यवसायी, मजदुर र क्रसर व्यवसायीहरु समेतको छलफलमा तत्कालका लागि खोलामा आश्रित परिवारका लागि दैनिक छाक टार्न समेत समस्या हुने भएपछि हाते औजार प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न पाउने गरी सहमति भएको हो । सड्ढलन गरिएका नदीजन्य पदार्थ नगरपालिकाको कर तिरी स्थानीय ट्र्याक्टर प्रयोग गरेर खरीद तथा ढुवानी पैठारी गर्न दिने सहमति समेत भएको छ ।
वर्षाको समय सकेर पनि नदीजन्य पदार्थ उत्खनन गर्न रोक लागिरह“दा खोलामा आश्रित परिवारलाई बिहान र बेलुकी छाक टार्न समेत समस्या भएको भन्दै सडक अवरुद्ध आन्दोलन शुरू भएको थियो । आइइई रिपोर्टमा उल्लेख भएको मापदण्ड अनुसार नगरपालिकाले तोकेको क्षेत्रबाट स्थानीय मजदूरहरूद्वारा हाते औजार प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन, सड्ढलन गर्न पाउने गरी सहमति भएको हो । छलफलबाट तत्कालका लागि सो समस्या समाधान भएको निजगढ नगरपालिकाले जनाएको छ ।
सहमति कार्यान्वयन भने निजगढ कार्यपालिकाको बैठकबाट अनुमोदन भएपछि तोकिएको क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन, सड्ढलन गर्न दिइने निर्णय भएको नगरप्रमुख सुरेश कुमार खनालले बताउनु भयो । कानूनी अड्चनलाई समेत मध्यनजर गर्दै सर्वपक्षीय सरोकारवालास“ग छलफल गरी तत्काल समस्याको निकास खोज्दै सहमतिमा पुगिएको नगर प्रमुख खनालले बताउनु भयो । राजस्व चुहावटलाई नियन्त्रण गरी नदीजन्य पदार्थलाई नगरपालिकाको आर्थिक श्रोतको रुपमा अगाडि बढाउ“दै निजगढको बिकास र काम गर्दै आएकाहरुको रोजीरोटी समेत बचाउने गरी निकास निकालेको बताइएको छ । खोलामा उत्खनन रोक्का राख्दा आपूmहरूको रोजीरोटी गुमेको भन्दै बकैया खोलामा आश्रित दुई सयभन्दा बढी श्रमिक मजदूरले समस्या समाधानका लागि निजगढ नगरपालिकालाई आग्रह गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content