कलैया । कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद साहले आफु नगरपालिकामा कुनै भष्टचार नगर्ने बताउनु भएको छ ।
बाराको कलैयामा साझेदारी राष्ट्रिय दैनिक पत्रिकाद्धारा आयोजित तिनदिने पत्रकारिता तालिमको शुक्रबार उद्धघाटन गर्दै प्रमुख अतिथि समेत रहेका साहले सो कुरा बताउनु भएको हो ।
नगरप्रमुख साहले पत्रकारिता पेशा राम्रो भएपनि हुदै नभएको काम र कुरा लेख्ने पत्रकारहरुलाई सबैले किन यस्तो गलत गरेको भनेर सबैले प्रश्न गर्नु पर्ने समेत बताउनु भयो । महिला पत्रकारिताको बिकास गर्ने उद्धेश्यले आयोजित तालिमले दक्ष्य पत्रकार उत्पादन गरोस भन्ने शुभकामना दिदै नगरप्रमुख साहले अनेष्ट इज द बेस्ट पोलिसी मानेर आफुले काम गरी रहेको बताउनु भयो ।
पत्रिकाका प्रकाशक श्यामबाबु यादबको अध्यक्षतामा भएको तालिम उद्धघाटन कार्यक्रममा बाराका ५५ महिला पत्रकारहरु सहभागी रहेका छन् । तालिमको प्रशिक्षकमा पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष गुरुप्रसाद गौतम रहेका छन् । साझेदारी राष्ट्रिय दैनिक पत्रिकाको ८औ बार्षिकोत्सवको अबसरमा सो तालिमको आयोजना भएको हो ।