नेपाली काग्रेस बारामा चरम विवाद सभापति र उपसभापतिको छुट्टाछुट्टै बैठक आ—आफनै नाम सिफारिस

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका आकाक्षीहरुको नामावली सिफारिस गर्ने क्रममा नेपाली काग्रेस बारामा विवाद भएको छ । विवादपछि सभापति र उपसभापतिको छुट्टाछुट्टै बैठक बसी आ—आफनै नाम सिफारिस गरेका छन् ।

काग्रेसले आज १८ गते प्रदेश समितिलाई नामावली सिफारिस गर्ने क्रममा बिवाद भई दुई गुटको छुट्टाछुट्टै जिल्ला कार्य समितिको बैठक बसेर नाम सिफारिस भएको नेपाली काग्रेस बाराका सचिब राजेश रौनियारले बताए ।


एकातर्फ पार्टीका अध्यक्ष राजेश राय यादबको अध्यक्षतामा पार्टी कार्यालयमा बैठक बसी रहेको छ भने अर्को समुहको उपसभापति मनोज भट्टको अध्यक्षतामा दरबार होटलमा बैठक बसी रहेको रौनियारले बताए । दुवै समुहले आआफनो ढङ्खले नाम सिफारिस गरी आजै प्रदेशमा पठाउने जनाईएको छ । अध्यक्ष यादब समुहमा कुल सदस्य ९६ जनामा बहुमत ५२ जना समितिका सदस्य उपस्थित भएको अध्यक्ष यादबले बताउनु भयो । उपसभापतिको अध्यक्षतामा बसेको बैठकमा पनि बहुमत रहेको भन्ने जिज्ञासामा अध्यक्ष यादबले एक दिन अघिदेखिनै घुमेर छुक्काएर हस्ताक्षर गराएको जानकारीमा आएको यादबले बताए ।

दरबार होटलमा उपसभापतिको अध्यक्षतामा बसेको बैठकमा समेत बहुमत सदस्यले हस्ताक्षर गरेको सचिब रौनियारले बताएका छन् । उनले आजै दरबार होटलमा ५३ जना सदस्यले हस्ताक्षर गरेको बताए । उनले केही सदस्यले दुवैतिर हस्ताक्षर गरेको बताए ।

बारामा पार्टीको निर्वाचनदेखिनै विवाद हुदै आएपनि केन्द्रले हस्तक्षेप नगर्दा बिवाद झनै बढेर गएको छ । निर्वाचनको समयमा पार्टी एक ढिक्का हुनु पर्नेमा पार्टीको निर्वाचनदेखिको गुटबन्दी कायम रहेकोले धेरै स्थानीय पालिकामा पराजित हुनु परयो । यस्तै अबस्था हुने हो भने आउने दिनमा बारामा नेपाली काग्रेसले निर्वाचन जित्न कठिन हुने पार्टीका महासमिति सदस्य समेत रहेका सिकेन्द्र पासवानले बताए ।

 

शेयर
प्रतिक्रिया
Skip to content