डाँका र प्रहरी बीच झडप, प्रहरी सहित दुई जना घाईते

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 827 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा  ।बाराको जीतपुरसिमरामा गए राती डकैती गर्न गएका समूह र प्रहरी बीच झडप हुँदा प्रहरी सहित दुईजना घाईते भएका छन् ।

प्रहरीले घटनाबाट दुई जनालाई पक्राउ समेत गरेको छ ।
घाईते हुनेहरूमा ईलाका प्रहरी कार्यालय, जीतपुरका बरिष्ठ नायव निरिक्षक कलमबहादुर शाहीको टाउकोमा गम्भिर चोट लागेकाले उनको बीरगञ्ज स्थित नेशनल हेल्थ केयरको आईसियुमा उपचार भईरहेको छ । उनी रड प्रहारबाट घाईते भएका हुन ।
डकैति गर्न आएका मध्ये जीतपुरसिमरा वडा नं. १० निवासी जवाहिर महतो समेत घाईते भएका छन् । उनको अल्पाईन अस्पताल सिमरामा उपचार भईरहेको छ । उनी सहित थप एक जना जीतपुरसिमरा वडा नं. ९ निवासी जयराम पासवान पक्राउ परेको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताउनु भयो ।
डकैति गर्ने उद्धेश्यले रातको करिव १२ बजेको समयमा जीतपुरसिमरा २३ मा रहेको एरोटेक प्रालिमा चोरी भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी घटनास्थल पुग्दा प्रहरीमाथि नै रड प्रहार गरी आक्रमण भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख होविन्द्र बोगटीले बताउनु भयो ।
घटनालाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड गोली चलाएको थियो । डकैतिमा संलग्न व्यक्तिका साथबाट दुई थान कटुवा पेस्तोल र भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content