सिमरा । देशमै सबैभन्दा बढी राजस्व बुझाएको भनेर सम्मान खादै आएको सुर्य नेपालले उपमहानगरपालिकाको ५६ लाख सम्पती कर नबुझाएर बक्यौता रहेको छ । औधोगिक नगरी जीतपुरसिमरा उपमहानगरपालिकाको १० करोड भन्दा बढी सम्पती कर सुर्य नेपाल, जगदम्बा, हुलास जस्ता कुनैपनि उद्योगले नबुझाएर बक्यौता देखिएको हो ।
जगदम्बा स्टिीलको मात्र नेपाल बोडलर्सको जगदम्बामा आएको समेत गरी एक करोड ९५ लाख यो बर्षसम्मको बक्यौता रकम तिर्नु पर्ने देखिएको छ । त्यसैगरी हुलास स्टिलको ६ लाख १८ हजार , नारायणी ईस्पात प्रा.ली.को २५ लाख २४ हजार बक्यौता देखिएको छ ।
उपमहानगरलिकामा दर्ता भएका र नभएका कुनै पनि उद्योगले हरेक बर्ष तिर्नु पर्ने सम्पतिकर नबुझाएका हुन । उद्योगको बक्यौता देखिएको करिब १० करोड बाँकी उपमहानगरलिकामा दर्ता भएका उद्योगहरुको बक्यौता बाँकी रहेको नगरपालिका राजस्व शाखाका प्रमुख राम शर्माले बताए ।
दर्ता नभएको समेत गरी हेर्ने हो भने उपमहानगरलिकाको ठुलो रकम उद्योगहरुले तिर्न बाकी रहेको शर्माले बताए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगरपालिका बनेपछि पालिकाले लगाएको सम्पति कर स्थानीय सबैले बुझाउदै आएपनि ठुला उद्योगहरुले नबुझाएका हुन । जीतपुरसिमरा उपमहानगरमा रहेका उद्योगहरुको ऐकिन तथ्याङ्क नभएकोले सबैको निकाली नसकिएको बताउदै सबैको निकाल्न अझै एक हप्ता लाग्ने राजस्व प्रमुख शर्माले बताए । सबैको निकाल्दा १० कारोड भन्दा बढी बक्यौता देखिन्छ उनले बताए ।
अहिलेसम्म निकालेको बक्यौता अहिलेको भएपनि तथ्य र प्रमाणका आधारमा यो सङख्या कम र बढी हुनसक्ने उनले बताए । अहिले एउटा सिस्टमको बिकास गरी रहेका छौ सबै अपडेट भएपछि हामी कसको कति बाकी बक्यौता बताउन सक्ने उनले बताए ।
के कति बाँकी बक्यौता तल पिडिएफमा हेर्न सक्नु हुन्छ ।
नगरपालिका बनेपछि स्थानीय सरकार सञ्चालन ऐन २०७४ जारी भएसगै सम्पती कर लाग्दै आएको छ । सम्पती कर घर जग्गाको आकार प्रकार बनौट, उपयोगको अबस्था, चलनचल्तीको मुल्य, ब्यापारिक र आवासीय हेरेर मुल्याङ्कन हुदै आएको छ । सो अनुरुप नगरपालिकाले यो बर्ष सम्पती करको दरु निम्न अनुसार तोकेको छ ।