निजगढ । नेकपा एमाले निकट दुई सस्थाको सम्पन्न अधिबेशनले नयाँ पदाधिकारी पाएको छ । शनिवार सम्पन्न नेपाल बुद्धिजीवी परिषद निजगढ नगरको प्रथम नगर अधिवेशनले मणिश्वर घिमिरेकोे अध्यक्षतामा ५२ सदस्यीय कार्यसमिति चयन गरेको छ भने अखिल नेपाल महिला संघको दोस्रो नगर अधिवेशनले शोभा राउतको अध्यक्षतामा ५७ सदस्यीय निजगढ नगर कमिटी गठन गरेको हो ।
महिला संघको उपाध्यक्षमा सकुन्तला ठाकुर, सचिवमा जगतकुमार अधिकारी, कोषाध्यक्षमा नारायणी सापकोटा, सहसचिवमा लक्ष्मी पौडेललगायत रहेका छन भने बुद्धिजीवी परिषदको कार्यसमितिको उपाध्यक्षमा बालकुमारी सिंजाली, सचिव रमेश तिमल्सिना, कोषाध्यक्षमा राजकुमार सापकोटा, सहसचिवमा सतिसकुमार कर्ण र संगिता खतिवडा न्यौपाने रहेका छन ।
बुद्धिजीवी परिषदको सदस्यहरुमा युवराज घिमिरे, सविता पौडेल, सम्भुबहादुर भण्डारी, प्रेमप्रसाद बन्जारा, बच्चुराम लामिछाने, थानेश्वर सापकोटा, रामचन्द्र मंडाल, कुश बहादुर थापा,टेकेन्द्र प्रसाद घिमिरे ,गोविन्दप्रसाद खरेल, हरिवंश खतिवडा, रितबहादुर तामाङ्ग, शिवराज शर्मा, अशोककुमार खुलाल, खिलबहादुर दर्लामी, हरि चौलागाई, चन्दन चौधारी, भोलाप्रसाद चौलागाई, भगवती खतिडा, विमला भसलान, श्रीहरि न्यौपाने त्यस्तैगरि अर्जुन पाण्डे, रमेश लामा, मनोज रेग्मी, लिला लामा, नविन खुलाल, जीवन गौतम, शर्मिला बुढाथोकी, सन्त ज्ञानी, उमेश स्वर्णकार, जगतबहादुर न्यौपाने, कृष्ण पण्डित, संगिता बम्जन, नवराज दाहाल, अमर स्याङ्गतान, साधुराम खरेल, भोलाप्रसाद घिमिरे, अमिर सिंङ्गतान, लोकनाथ अधिकारी, रामचन्द्र गुरो, पासनाथ कुवर, यसकुमार स्याङ्गतान, जमान सिंह घलान रहेका छन ।
लक्ष्मी गौतमको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन शोभा राउतले गरेकी थिईन । अखिल नेपाल महिला संघको उद्धाटन सत्रमा नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, पूर्वउपप्रमुख लिलादेवी लामिछाने, अनेमसंघ केन्द्रीय सदस्य अन्जु नेपाली, बारा जिल्ला अध्यक्ष ज्ञानु केसी, अनेमसंघ केस कमला घिमिरे, एमाले मधेस प्रदेश कमिटी सदस्य दुर्गा कोइरालालगायतले पनि सम्वोधन गरेका थिए ।
बुद्धिजीवी परिषदको कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले सम्वोधन गरेका थिए । सम्वोधनको क्रममा एमालेका पोलिटव्युरो सदस्य पौडेलले बुद्धिजीवीहरु समाजको ‘थिङ्क ट्याङ्क’ भएको बताएका छन । प्रमुख अतिथिको आसनबाट बोल्दै उनले बुद्धिजीवीहरुले समाज सुधार र विकासको लागि अध्ययन अुनसन्धान गरेर योगदान दिनुपर्ने बताए ।
नेता पौडेलले शैक्षिक प्रमाण पत्र हासिल गर्दैमा मात्र कुनै व्यक्ति बुद्धिजीवी हुन नसक्ने पनि बताए । उनले औपचारिक शिक्षा नलिका तर जीवन र जगतलाई बुझेका र समाजलाई परिवर्तनमा काम गर्नसक्ने सबै मानिसहरु बुद्धिजीवी भएको बताए ।
दुवै कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली र ज्वाला साहले सम्वोधन गरेका थिए ।
नेपाल बुद्धिजीवी परिषद बाराका अध्यक्ष यादव प्रसाद तिमल्सिनाको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन मणिश्वर घिमिरेले गरेका थिए ।