शम्भु बहादुर बुढाथोकीलाई पार्टीको सदस्य समेत नरहने गरी निलम्बन

तराइ संचार
तराइ संचार 1.9k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

निजगढ । नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराले नेपाली काग्रेस केन्द्रिय महाधिबेशन प्रतिनिधि शम्भु बहादुर बुढाथोकीलाई पार्टीको सदस्य समेत नरहने गरी निलम्बन गरेको छ । नेपाली काग्रेस बाराका पुर्व संगठन विभागका प्रमुख र यस अघि पार्टीका प्रतिनिधि सभा सदस्यको उम्मेदबार समेत हुन ।

अनुशासन समितिको बैशाख २८ गते सम्पन्न बैठकले बुढाथोकीलाई कार्वाही गरी पार्टीको केन्द्रिय अनुशासन समिति, मधेश प्रदेश कार्यसमिति धनुषा, जिल्ला कार्य समिति बारा , क्षेत्रिय कार्य समिति क्षेत्र नं. १ बारा , निजगढ नगर समिति, वडा नं. ९ वडा कार्यसमिति निजगढ लगायतलाई बोधार्थ समेत पठाउने काम भई रहेको अनुशासन समितिका संम्योजक विनोद मणी महतोले बताउनु भयो ।
पार्टीको निर्वाचन पछि सम्पन्न पहिलो बैठकबाट अनुशासन समिति गठन भएको महतोले बताए । समिति गठन भएपछि स्थानीय निकायको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदबार शुरेस कुमार खनाल बिरुद्ध बिपक्षमा भोट मागेकोले बुढाथोकी बिरुद्ध प्रमाणहरु सहित उजुरी आएको हुदा नेपाली काग्रेसको बिधान २०१७ सम्शोधन सहित को धारा ३४ को उपधारा ४ ख अनुसार पार्टीको सदस्य समेतबाट निलम्बन गरिएको महतोले बताए । जिल्ला र केन्द्रमा पठाई सकेको र बाँकी रहेको सबै ठाउमा पठाउने काम भई रहेको उनले बताए ।


अनुशासन समितिमा पार्वती देवि र रामनारायण यादब गरी तीन सदस्य रहेका छन् ।

बुढाथोकीले स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदबार बनेका सुरेश कुमार खनाललाई जसरी भएपनि हराएर देखाउने भन्दै आएको प्रमाण र बुढाथोकीले नगरसभापति नबराज तिमल्सिनालाई आफुले हराएको भन्दै कार्वाहीबाट आफु नडराउने बताएको अडियो लगायतको प्रमाण पेश भएको उनले बताए । खनालले आफुलाई पार्टीको निर्वाचनमा असहयोग गरेकोले हराएर बदला लिएको उनले बताएका थिए । हराउन प्रत्येक कार्यकर्ताको घरमा पुगेको बुढाथोकीले अडियोमा बताएका थिए ।

        कार्वाही भएको बारे नेता बुढाथोकीले पुर्वाग्राही निर्णय भएको बताए । उनले प्रमाणमा रहेको अडियो समेत कटिङ भएको छलफलमा भएको कुरालाई प्रतिसोध साध्ने काम भएको बताए । केन्द्रले कार्वाही नगरेसम्म आफनो कार्वाही नहुने उनले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content