भ्रमणका लागि रकम नदिएपछि सिम्रौनगढ नगरपालिकामा विद्यार्थिहरुको तोडफोड, सात सुरक्षकर्मी घाईते

तराइ संचार
तराइ संचार 1.1k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । भ्रमण जान रकम नदिएको भन्दै बाराको सिम्रौनगढ नगरपालिकामा विद्यार्र्थीहरुले मंगलबार तोडफोड गरेका छन । कचोर्वा, कंकाली, खजानी माध्यामिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीले कार्यालयमा तोडफोड गरेका हुन ।

कार्यालयमा तोडफोड र प्रहरीमाथि ढुङगामुढा गर्दा प्रहरी निरिक्षक देवराज काफले सहित जनपथका तीन र शसस्त्रका चार गरी सात सुरक्षाकर्मी घाईते भएका छन भने केही बिद्यार्थि समेत घाईते भएका छन् ।

भ्रमण खर्च माग्न विद्यार्थीहरु आएकोमा डेंगुको प्रकोप फैलिरहेकोले अहिले भ्रमणमा नजान र केही दिनपछि बजेट उपलब्ध गराई दिने के भनेको थिए विद्यार्थी समूहले कार्यालयमा अन्धाधुन्द तोडफोड गरे नगरप्रमुख किसोरी साह कलवारले बताउनु भयो । कार्यालयको गाडी, टिभी, एसी, सोफा झ्याल, ढोका, कम्प्युटर, फर्निचर, अरू विद्युतीय उपकरण लगायतमा तोडफोड गरिएको नगर प्रमुख कलवारले बताए ।

कलवारले विद्यार्थीलाई कार्यालयकै केही कर्मचारीले उचालेर घटना गराएको बताउनु भयो । यसबारे प्रहरीलाई बुधबार जाहेरी दिएर कारबाही प्रक्रिया अघि बढाइने उनले बताए । सिम्रौनगढ नगरपालिकामा यस अघि पनि विद्यार्थिहरुले तोडफोड गरेका कारण लाखौको क्षति भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले क्षतिको विवरण संकलन भई नसकेपनि घटनास्थल हेर्दा करिब ३० लाख बढीको क्षति पुगेको बताउनु भयो ।

१६ बर्ष मुनीका विद्यार्थि भएका कारण सामान्य मात्र बल प्रयोग भएको उहाँले बताउनु भयो । घटनामा ककसको सम्लग्नता छ छानबिन भईरहेकोले दोषीमाथि कार्वाही गरिने उहाँले बताउनु भयो । पटक पटक सिम्रौनगढमा अराजक मानसिकताबाट तोडफोड हुदै आएको छ ।

बिद्यार्थिहरुलाई पढाई छाडेर भ्रमणमा उक्साउने र नियन्त्रण गर्न नसक्ने बिद्यालयका शिक्षक शिक्षीकाहरु समेत दोषी रहेको स्थानीयले बताएका छन ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले घटनास्थल पुगेर जानकारी लिएका छन ।

शेयर
प्रतिक्रिया
Skip to content