सिमरा । होटल तथा पर्यटन व्यवसायी संघ बाराको अध्यक्षमा अर्जुन लम्साल चयन भएका छन् । बाराको सिमरामा सम्पन्न भएको संघको पाँचौ साधारणसभाले अध्यक्षमा लम्साललाई चयन गरेको हो । अधिवेशनले लम्सालको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा शम्भु खड्गी, द्धित्तिय उपाध्यक्षमा प्रल्हाद उप्रेती, महासचिवमा गोबिन्द गहतराज, सचिवमा प्रभात सिग्देल, सह–सचिवमा कृष्ण अधिकारी र कोषाध्यक्षमा कल्याणी गौतम चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा हेमलाल गौतम, बिमलराज भारती, सुशीला केसी, सर्जु थापा, जय प्रकाश साह, शर्मिला शाह, ज्ञानेन्द्र कार्की, फुलमाया रुम्बा, मुन्नालाल साह कलवार, अजय जर्गा मगर, युव प्रसाद गौतम, सोममाया रुम्बा, कर्णबहादुर कार्की, बिनोद प्रसाद जैसवाल र रामकृष्ण घिमिरे चयन भएका छन् ।
यसैबिच होटल तथा पर्यटन सहकारी संस्थाको चौथो वार्षिक साधारणसभाले अध्यक्षमा प्रल्हाद उप्रेतीलाई चयन गरेको छ । सहकारी संस्था लिमिटेडको चौथो बार्षिक साधारणसभाले उप्रेतीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । उपाध्यक्षमा बिनोद जैसवाल, सचिवमा शम्भु खड्गी, कोषाध्यक्षमा मीरा थापा चयन भएका छन् । सदस्यहरूमा मनोजप्रसाद गुप्ता, बिनिता रेग्मी, ज्ञानेन्द्र कार्की, हरिहर श्रेष्ठ र प्रेम ठकुरी रहेका छन् ।
संस्थाको लेखा समिति संयोजकमा लक्ष्मण अधिकारी र लेखा समिति सदस्यहरूमा सूर्य लामा र सुस्मित गौतम छनोट भएका छन् ।