किशन श्रेष्ठ बारा आएसगै एकीकृत समाजवादी बाराका जिल्ला अध्यक्ष प्रदेश सांसद सहित १३ एमाले प्रवेश गर्दै नामावली समेत

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 557 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

सिमरा । बिधि पद्धति उल्लघन गरी बाहिरबाट नेता ल्याएको भन्दै माधव नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टी बाराका जिल्ला अध्यक्ष प्रदेश सांसद सहित १३ जना प्रभावशाली नेता कार्यकर्ता एमाले फर्कने भएका छन । पुर्व श्रम तथा रोजगार मन्त्री किशान श्रेष्ठ बारा क्षेत्र नं. ४ बाट निर्वाचन लड्ने निश्चित जस्तै भएपछि उनीहरु एमाले प्रबेश गर्न लागेका हुन ।

प्रदेश सांसद समेत रहेका पार्टी जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मा, प्रदेश सासंद सीता गुरुङ सहित ११ जना नेताले नेकपा एस छाड्दै एमाले फर्किन लागेका हुन् ।

एमाले फर्किनेमा तीन जना केन्द्रीय परिषद सदस्य, तीन जना प्रदेश कमिटी सदस्य र चार जना जिल्ला कमिटी सदस्य छन् ।

त्यसैगरी एक क्षेत्रिय सचिब सहित ७ लोसपाका नेता कार्यकर्ता एमाले प्रबेश गरेका छन । प्रबेश गर्नेहरु अधिकाश बारा ४ नं क्षेत्रका रहेका छन ।

काठमाण्डौमा पार्टी अध्यक्षसग एमाले प्रबेश गर्ने तयारीमा रहेका जिल्ला अध्यक्ष बिश्वकर्माले नेकपा एसको विभिन्न कमिटिहरुले एउटा निर्णय गरेका छन केन्द्रबाट मनपरी टिकट दिने काम कुनै बिधि पद्धती नभएको बताए । नेकपा एस नेकपा रौतहट भएको र सामन्ती प्रबृति देखिएकोले आफु एमाले प्रबेश गरेको बताए ।

उनीहरुलाई एमाले अध्यक्ष केपी ओलीले स्वागत गर्ने कार्यक्रम रहेको एमाले केन्द्रिय सदस्य अच्युत मैनालीले बताउनु भयो । स्वागत कार्यक्रममा मैनालीसगै केन्द्रिय सदस्य पुरुषोत्तम पौडेल, जिल्ला अध्यक्ष विनोद साह लगायत रहेका छन । पार्टी कार्यालय च्यासलमा तयारीमा रहेको र पार्टी अध्यक्ष केपी ओली आएसगै स्वागत गरिने मैनालीले बताए ।

एकीकृत समाजवादी बाट एमालेमा प्रवेश गर्नेहरुमा

१) सुन्दर विश्वकर्मा केन्द्रीय सदस्य तथा बारा जिल्ला कमिटी अध्यक्ष र प्रदेश प्रमुख सचेतक मधेश प्रदेश।
२) सीता गुरुङ प्रदेश सभा सदस्य मधेश प्रदेश तथा सदस्य केन्द्रीय निर्वाचन आयोग।
३) कौशल किशोर सिहं केन्द्रीय परिषद सदस्य
४) महेश विश्वकर्मा केन्द्रीय परिषद सदस्य
५) सरस्वती यादब केन्द्रीय परिषद सदस्य
६) दशरथ राम मधेश प्रदेश कमिटी सदस्य तथा मुक्ति संगठन प्रदेश सदस्य
७) विद्या थापा मधेश प्रदेश कमिटी सदस्य
८) मीन रहपाल मधेश प्रदेश कमिटी सदस्य तथा मुक्ति संगठन प्रदेश अध्यक्ष
९) मन्जु खनाल पार्टी जिल्ला कमिटी सदस्य
१०) अच्छेलाल राम पार्टी जिल्ला कमिटी सदस्य तथा बारागढी गाउँपालिका कमिटी अध्यक्ष
११) मुक्त सहनी पार्टी जिल्ला कमिटी सदस्य तथा देवताल गाउँपालिका कमिटी सचिव
१२) मन्जु भट्टराई पार्टी जिल्ला कमिटी सदस्य
१३) मुक्ती सहनी पार्टी जिल्ला कमिटी सदस्य

लोसपाबाट एमाले प्रबेश गर्नेहरु

१४) कलामुदिन अन्सारी लोसपा क्षेत्रिय समिति सचिब बारा ४
१५) ईलियास अन्सारी लोसपा नगर सदस्य
१६) नुरहसन हवारी लोसपा नगर सदस्य
१७) सुल्तान देवान लोसपा नगर सदस्य
१८) कौसौल अन्सारी लोसपा नगर सदस्य
१९) अहमद अन्सारी लोसपा नगर सदस्य
२०) अलीजान अन्सारी लोसपा नगर सदस्य

शेयर
प्रतिक्रिया
Skip to content