निजगढ । पुर्ब बिद्यार्थी मञ्च सार्बजनिक मा.बि. निजगढ–५ बाराको साधारणसभाले पुन बुद्धिमान स्याङतानको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको छ । बिद्यालय को सभाहल मा सम्पन्न साधारण सभाले उपाध्यक्षमा अजय उप्रेती, पदमराज तिमल्सिना र अन्जु नेपालीलाई चयन गरेको छ ।
त्यसैगरी सचिवमा भवानी गौतम, कोषाध्यक्षमा रविन सुवेदी रहेका छन भने सदस्यहरुमा जय प्रसाद ढुङगाना, सागर गौतम, युग प्रसाद गौतम, लोक बहादुर खुलाल, रमेश रसिक , र सर्मिला रिसाल रहेका छन । मञ्चका अध्यक्ष बुद्धिमान सिंङतानको अध्यक्षता र वडा नं. ५ का वडाअध्यक्ष सुर्य थापा मगरको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा विशिष्ठ अतिथि वडा नं. ४ का वडाअध्यक्ष विसन सापकोटा , प्रधानाध्यापक हस्त बहादुर लामा, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दुर्गा गौतम, अजय उप्रेती, खड्ग प्रसाद उप्रेती, सागर गौतम , अन्जु नेपाली, गुरुप्रसाद गौतम लगायतकाले शुभकामना मन्तब्य ब्यप्त गरेका थिए ।
२०७३ सालमा स्थापना भएको पुर्ब बिद्यार्थी मञ्च सार्बजनिक मा.बि. निजगढ–५ ले एक–एक लाख राशीको तीन छात्रबृति र ६ लाखको एक बृहत छात्रबृति स्थापना गरी सकेको छ ।
हरेका बर्ष विभिन्न पुरस्कार र छात्रबृती गरी झण्डै ६० बिद्यार्थिलाई सम्मान र प्रोत्साहित गर्दै आएको छ । पुर्ब बिद्यार्थी मञ्चले बिजयादशमीको अबसरमा शुभकामना आदान प्रदान र चियापान कार्यक्रम समेत सम्पन्न गरेको हो ।