सीमा सिल कवहीगोठ र बरियापुरमा तस्करी लाइन

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया /बारामा खुलेआम तस्करी भइरहेको छ । कबही गोठ र बरियारपुर प्रहरीको मिलोमतोमा बाराको महागढीमाई नगरपालिकाको इनर्वा, ब्रह्मपुरी तथा स्वर्ण गाउँपालिका क्षेत्रको सिमावर्ती गाउँ बस्तीहरुको बाटो प्रयोग गरी तस्करहरु खुलेआम तस्करी भइरहेको छ । स्थानियहरुका अनुसार तस्करलाई प्रहरीले नै लाईन दिए पछि बिना रोक टोक भारतबाट भन्सार छली गरी खाद्यान, चिनी, टिना तेल, रानी सरसो तेल, आलु , प्याज, लत्ताकपडा, कस्मेटिक आइटम, इलेक्ट्रोक सामान, हार्डवेयर नेपाल भित्री रहेको छ ।
यता नेपालबाट तस्करहरुले प्रतिबन्धीत लागुऔषध गाँजा, चरेश तथा छोकडा, मरिच सुवर्ण गाउँपालिकाको कवहीगोठमा रहेको इलाका प्रहरी कार्यालय कवही, तेलकुवा प्रहरी चौकी, चरमोहना प्रहरी चौकी, सशस्त्र क्याम्प मंझरीया, बरियापुर प्रहरी चौकी, गञ्जभवानी प्रहरी चौकी लगायतको सशस्त्र तथा नेपाल प्रहरीका युनिटहरुकै बिशेष निगरानीमा तस्करी भइरहेको स्रोतको दाबी छ ।
प्रहरीले प्रति साइकल २ हजार मासिक नजराना लिने गरेका छन् भने मोटर साइकल तथा चारपांग्रे गाडीहरुसँग सो भन्दा पनि बढी रकम असुली गरी रहेको स्रोतले जनाएको छ ।। बिहान बेलुका तस्करी सुरुभसँगै सो क्षेत्रमा चोरी र सेनकटी लगायतको घटनामा पनि वृद्धि भएको स्थानिय अगुवाहरुको भनाई छ ।

शेयर
प्रतिक्रिया
Skip to content