१० भाई समुहकोरुपमा चिनिने दुई नेताले बारामा प्रतिनिधिसभाको टिकट नपाउने

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 579 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

बारा । संसद विघटनको बिरोध गर्ने एमालेका १० भाई समुहकोरुपमा चिनिने दुई नेताले बारामा प्रतिनिधिसभाको टिकट नपाउने भएका छन । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री पुरुषोत्तम पौडेलले भोली उम्मेदबारी दर्ता भएपनि आफुलाई कुनै जानकारी नआएको बताउनु भएको छ ।

त्यसैगरी पार्टीको सबै समितिबाट सर्बसम्मत एकल नाम सिफारिस भएका पुर्व जिल्ला अध्यक्ष र हाल मधेश प्रदेश सदस्य समेत रहेका नेता देवनारायण चौधरी पनि टिकट नपाउने भएका छन् ।

सो समूहका भनेर चिनिने पौडेलले पनि टिकट पाउने आशा कम रहेको माया भने मारी नसकेको नेता पौडेलले बताएका छन । पोलिटब्युरो सदस्य पौडेलले नेकपा एमालेमा बसेर लामो समय योगदान गरेका र पार्टीले टिकट बितरणको बनाएको मापदण्ड भन्दा बाहिरबाट नव आगन्तुकलाई होस वा क्षमताको आधारमा टिकट नदिए पहिले काग्रेसको जस्तै पार्टीलाईनै क्षति हुने बताउनु भएको छ ।

नबप्रवेशीले प्रतिनिधि सभाको टिकट पाए पार्टीका लागि दुर्भाग्य हुने नेता चौधरीले बताउनु भएको छ । लामो समय देखि पार्टीमै जीवन विताएका र योगदान गरेका ब्यक्तीलाई पार्टीले टिकटबाट बञ्चित गरेर जित्नकै लागि एमाले प्रबेश गर्नेहरुलाई टिकट दिनु दुखद भएको उनले बताए ।

भोली २३ गते उम्मेदबारी दर्ता गर्ने समय भएपनि अझसम्म आफु के पदमा उठ्ने कुनै जानकारी नभएको उनले बताए । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता एकबाल मिया शनिबार पार्टी अध्यक्ष केपी ओली समक्ष पुगी टिकट दिने गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

निवर्तमान प्रतिनिधि सभा सदस्य समेत रहेका उनलाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका छन। उनलाई बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको टिकट दिने चर्चा बाहिर आएसगै चौधरीले नब प्रबेशीलाई टिकट दिन नहुने बताएका हुन । सत्ता गठबन्धनबाट बारा निर्वाचन क्षेत्र नं. ४ बाट नेकपा एकीकृत समाजवादीका कृष्ण कुमार श्रेष्ठ (किसान) ले टिकट पाउने भएपछि मियाले जितका लागि एमाले रोजेका हुन ।

अब क्षेत्र नं. ४ मा मिया र श्रेष्ठका बिचमा प्रतिस्पर्धा हुनेछ । बारामा जिल्ला अध्यक्ष समेत भएका चौधरी केन्द्रिय सदस्य पुरुषोत्तम पौडेल निकट मानिन्छन ।

बारा क्षेत्र नं. १ का प्रतिनिधि सभाका लागि एमालेबाट पौडेलले दावी गर्दै आएका र सबै समितिबाट सिफारिस समेत भएको थियो । १ मा अब पार्टी अध्यक्ष निकट मानिने पोलिटब्युरो सदस्य अच्युत मैनालीले टिकट पाउने निश्चित जस्तै छ । उनी लामो समय जिल्ला अध्यक्ष भएका ब्यक्ती हुन । अघिल्लो निर्वाचनमा नेपाली काग्रेसका बर्तामान खानेपानी मन्त्री उमाकान्त चौधरीसग पराजित भएका थिए । एमालेले क्षेत्र नं. २ र ३ जसपासग तालमेल गर्ने जनाएपनि अहिलेसम्म निर्णय गर्न सकेको छैन । त्यहा दुवै दलको दावी छ ।

शेयर
प्रतिक्रिया
Skip to content