प्रमोद गुप्ता लोसपा प्रबेश यस्तो हुने भयो बारा तीनमा प्रतिस्पर्था

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 724 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । सबिधान सभाका सदस्य समेत रहेका प्रमोद गुप्ता बारा प्रतिनिधि सभा क्षेत्र ३ को उम्मेदबारसगै लोसपा प्रबेश गरेका छन ।
बारा–सत्ता गठबन्धनको सिट बाँडफाँडमा बारा क्षेत्र नं। ३ प्रचिनिधि सभा लोसपाको भागमा परेपछि गुप्ता यहाँ प्रतिस्पर्धा रोचक हुने भएको छ । गुप्ताले जसपा छाडेको औपचारिक घोषणा गरी नसकेपनि लोसपा जाने तयारी गरेको बुभिएको छ ।

गुप्ता जसपा त्यागेर लोसपा प्रबेश गर्ने बताएका छन् । योसगै बाराको सदरमुकाम समेत रहेको यो क्षेत्रमा प्रतिस्पर्धा तिब्र हुने भएको छ ।    सत्ता गठबन्धन दल काग्रेस, माओवादी, लोसपा, नेकपा समाजवादी , जनमोर्चाका साझा उम्मेदबार बनेका गुप्ताको प्रतिपस्र्धामा नेकपा एमालेका पोलिटब्युरो सदस्य ज्वाला साह र जसपाका उम्मेदबार रामबाबु प्रसाद यादबबिच हुने भएको छ । बारा लगायत देशभर एमाले, राप्रपा र जसपाकाबिच गठबन्धन भएपनि यहा भने जसपा र एमाले दुबै दलका उम्मेदबार चुनावी मैदानमा छन् ।

प्रदेश सभा चर्फ भने ३ क मा सत्ता गठबन्धनबाट माओवादीका मुकेश साह छन भने ख मा काग्रेसका जयचन्द्र चौरसिया छन । त्यस्तै एमालेबाट क मा रविन्द्र दास श्रेष्ठ र जसपाबाट भरत खड्का तथा ख बाट महम्मद समिर र जसपाबाट पारस प्रसाद साह रहेका छन ।

शेयर
प्रतिक्रिया
Skip to content