बारा । देशमा भ्रष्टचारी बढेको भन्दै बाराको निजगढ ५ खोल्मा टोलका ८१ वर्षिय कृष्णराज गिरी चुनावी मैदानमा उत्रिएका छन । उहाँले बाराको क्षेन त्रं. १ को प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको हो ।
कोल्हवी नगरपालिकामा स्थापना भएको निर्वाचन कार्यालयमा आफै पुगेर गिरीले उम्मेदवारी दर्ता गराउनु भएको हो । देशमा भ्रष्ट्रचार बढेकोमा आफुलाई चिन्ता लागेको बताउदै गिरीले मलाई जनताले जिताए भ्रष्टचार अन्त्य गर्ने बताएका छन् ।
चुनाव जितेर भ्रष्टचार कसरी नियन्त्रण गर्ने भन्ने उहाँले योजना समेत रहेको छ । जिल्लाकै जेष्ठ उम्मेदवार रहनु भएका गिरीले चार पटक निर्वाचन जितेर पाँचौ पटक निर्वाचनमा उत्रिएका खानेपानी मन्त्री उमाकान्त चौधरी र प्रधानमन्त्री केपी ओलीका पूर्व राजनीतिक सल्लाहकार अच्चुत मैनालीसंग हुनेछ । यो क्षेत्रबाट प्रतिनिधि सभामा १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।