बारा । मधेश प्रदेशको भावी मुख्यमन्त्रीको दावी गर्दै बाराका दुई निबर्तमान प्रदेश सभासदले शक्ती प्रदर्शन गर्दै पुनः प्रदेश सभासदमा उम्मेदवारी दर्ता गराएका छन ।
एमाले जसपा गठबन्धनबाट बाराको क्षेत्र नं. १ (२) बाट निवर्तमान मधेश प्रदेशका सभामुख सरोज यादब र क्षेत्र नं. ४ (२) बाट पुर्व मधेश प्रदेशका मन्त्री जितेन्द्र सोनलले शक्ती प्रदर्शन गर्दै प्रदेश सभाका लागि उम्मेदबारी दर्ता गराएका हुन । सभामुख यादबले जसपाबाट मधेश प्रदेशका मुख्यमन्त्रीको आफुनै एकमात्र उम्मेदवार भएको बताउनु भयो ।
आफु सभामुख भएर अरुको भन्दा राम्रो काम गरेको बताउदै निर्वाचन पछि मधेश प्रदेशमा एमाले जसपा गठबन्धनको सरकार बन्ने बताउदै आफुनै मुख्यमन्त्रीको एकल उम्मेदवार भएको यादबले बताउनु भयो ।
यता बारा क्षेत्र नं. ४ (२) बाट प्रदेश सभाका लागि उम्मेदबारी दिएका पुर्व प्रदेश मन्त्री जितेन्द्र सोनलले सबै गठबन्धनका दलले आफुलाई माया गर्ने बताउनु भयो । ठुलो दल बल र रयालीकोसाथ आएका सोनलले सबै तिर आफुनै मुख्यमन्त्रीको उम्मेदबार भएको र गठबन्धन दलमा समेत लोसपालाई मधेश प्रदेशको सरकार बनाउन दिनुपर्ने माग गरेको बताएका छन् ।
यस अघिपनि पटक पटक लोसपाबाट मुख्यमन्त्रीका दाबेदार मानिएका सोनल लोसपासगै सत्ता गठबन्धन काग्रेस , माओवादी, नेकपा समाजवादी र जनमोर्चा लगायतको समर्थनमा उम्मेदबार भएका हुन । उनको मुख्य प्रतिस्पर्धा जसपाका खात्मराम साह लगायत प्रतिस्पर्धामा छन ।